आर्थिक

मुस्ताङमा स्याउ उत्पादन सात प्रतिशतले घट्यो

बिहिबार, भदौ २, २०७३ मा प्रकाशित

मुस्ताङ, २ भाद्र - गत हिउँदमा कम हिउँ परेकाले मुस्ताङमा यसवर्ष स्याउको उत्पादन घटने भएको छ । समयमा हिउँ नपरेको, लामो सयमसम्म खडेरी तथा जिजीना मथ नामको कीराको आक्रमणका कारण फूल र पात नष्ट हुँदा गत वर्षको तुलनामा सात प्रतिशत उत्पादन घट्ने जिल्ला कृषि विकास कार्यालय मुस्ताङले जनाएको छ । मुस्ताङमा गतवर्ष..

जलाधार क्षेत्रको संरक्षणमा ५१ लाख बढी लगानी

बिहिबार, भदौ २, २०७३ मा प्रकाशित

म्याग्दी, २ भाद्र - जिल्लाको भकिम्ली गाविसमा जलाधार क्षेत्रअन्तर्गत विभिन्न कार्यक्रममा साढे ५१ लाख रुपैयाँभन्दा बढी रकम लगानी भएको छ । जिल्ला भू–संरक्षण कार्यालय, स्थानीय उपभोक्ता र भकिम्ली गाविसमार्फत कुल ५१ लाख ५२ हजार ७४३ रुपैयाँ बराबरको जलाधार क्षेत्रको संरक्षणमा लगानी गरिएको हो । ‘स्थानीय..

‘अधिकांश उपभोक्ताको भान्सामा सिलिन्डर बम’

आइतवार, साउन ३०, २०७३ मा प्रकाशित

राजु चौधरी काठमाडौं, ३० साउन - खाना पकाउने ग्यास सिलिन्डरमध्ये ६५ हजारभन्दा बढी गुणस्तरहीन रहेको फेला परेको छ । यो बजारमा रहेका सिलिन्डरमध्ये करिब १० प्रतिशत हो । ‘ग्यास उद्योगको निरीक्षण क्रममा १० प्रतिशतभन्दा बढी सिलिन्डर गुणस्तहीन फेला परेको हो,’ विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने,..

करोडौं लेनदेनमा निर्देशक खड्का

बिहिबार, साउन २७, २०७३ मा प्रकाशित

दिलीप पौडेल काठमाडौं - कानुनी प्रक्रिया मिच्दै 'मोटो रकम' चलखेल गरेर नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर खरिद अनुमति दिएका छन् । यसअघि पनि पटक–पटक विवादित निर्णय गरेका खड्काले पछिल्लोपटक निगम सञ्चालक समितिलाई जानकारी नै नदिई 'चोरबाटो' बाट सेटिङ..

ड्रोनले बढायो सुरक्षा चुनौती

सोमवार, साउन २४, २०७३ मा प्रकाशित

काठमाडौं- नेपाली आकाशमा मानवरहित स्वचालित विमान (ड्रोन) को अनधिकृत प्रवेशसँगै सुरक्षा र गोपनीयतामा गम्भीर चुनौती थपिएको छ। प्रहरीले वैशाखयता नियन्त्रणमा लिएका १० मध्ये पाँच विदेशी नागरिकले नेपालका विभिन्न स्थानमा ड्रोनबाट लिएका दृश्य शंकास्पद पाइएका छन्। तिनमा निषेधित र अति गोप्य क्षेत्र तथा..

हेलिकप्टर दुर्घटनामा मृत्यु भएका सबैको शव काठमाडौं ल्याइयो

सोमवार, साउन २४, २०७३ मा प्रकाशित

काठमाडौं- गोरखाबाट काठमाडौका लागि  उडेको फिस्टेल एअरको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका सात जनाको शव काठमाडौं ल्याइएको छ। उनीहरुको शव पोप्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ। हेलिकप्टर मार्फत उनीहरुको शव काठमाडौं ल्याइएको थियो।  हेलिकप्टर नुवाकोटको बेलकोट गाविस-८ बेतिनीमा..

महावीर पुनको जवाफः आविष्कार केन्द्र स्थापना गर्न १० मेगावाटको जलविद्युत किन ?

शनिबार, साउन २२, २०७३ मा प्रकाशित

२२ साउन, काठमाडौं । विकास अभियन्ता महावीर पुनले आविष्कार केन्द्रका नाममा सरकारसँग १० मेघावाटको जलविद्युत आयोजना निर्माण गर्न एकमुष्ट ५० करोड मागेको र एकैचोटि त्यति ठूलो रकम दिन नसकेको पूर्वअर्थमन्त्री विष्णु पौडेलले खुलासा गरेपछि यसले थप बहसको रुप लिएको छ । अभियन्ता महावीर पुनले भने यसबारे आफूले..

प्रचण्ड सपथको ९ रोचक तस्वीरः जसले अलग कथा बोल्छ

बिहिबार, साउन २०, २०७३ मा प्रकाशित

२० साउन, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्या भण्डारी समष पद तथा गोपनियताको सपथ लिएका छन् । लगतै दुई उपप्रधानमन्त्री र तीन मन्त्रीले पनि सपथ लिए । सपथपछि बधाइ दिने क्रममा पानी पर्‍यो । सपथ ग्रहण समारोहमा देखिएका ९ केही..

प्रधानमन्त्री प्रचण्डको चार निर्णयः भूकम्प पीडितलाई ४५ दिनभित्र पहिलो किस्ता अनुदान

बिहिबार, साउन २०, २०७३ मा प्रकाशित

२० साउन, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदभार ग्रहणसँगै चारबुँदे निर्देशनमा हस्ताक्षर गरेका छन् । यसअघिका प्रधानमन्त्रीहरुले पदभार ग्रहणपछि एउटा निर्णयमा हस्ताक्षर गर्ने गर्थे । तर, बिहीबार सपथपछि पदभार ग्रहण गरेका प्रचण्डले चारबुँदे निर्देशनमा हस्ताक्षर गरे..


sidebar ad
Loading...