
बार्सिलोनाका अल्बा दुई साता मैदान बाहिर
बिहिबार, अशोज २, २०७६ मा प्रकाशित
बार्सिलोनाका डिफेन्डर जोर्डी अल्बा करिब दुई साता मैदान बाहिर रहने भएका छन् । च्याम्पियन्स लिग फुटबलको समूह ‘एफ’ मा स्पेनिस क्लब बार्सिलोना र जर्मन क्लब बोरुसिया डर्टमन्डबीचको खेलको दौरानमा उनी घाइते हुन पुगेका थिए । मेडिकल टेष्टपछि उनी करिब १० देखि १५ दिनसम्म मैदान बाहिर नै रहने मार्काले लेखेको छ..