
९७ जना यात्रु सवार विमान खस्यो
शुक्रबार, जेष्ठ ९, २०७७ मा प्रकाशित
एजेन्सी– पाकिस्तानको राजधानी कराँची नजिकै विमान दुर्घटना भएको छ । लाहोरबाट आएको पाकिस्तान इन्टरनेशनल एइरलाइन्सको विमान जिन्नाह इन्टरनेशनल एयरपोर्टमा अवतरण हुनै लाग्दा दुर्घटनामा परेको हो । विमानमा चालक दलका १२ सदस्य तथा ८५ यात्रु गरी ९७ जना सवार रहेको त्यहाँका सञ्चार माध्यमले जनाएका छन्..