नेपाली बजारमा आइपुग्यो एप्पलको आइफोन रेड भर्सन

72 Views
काठमाडौं, २० चैत- केही दिन अघिमात्र बिश्वबजारमा सार्वजनिक भएको आइफोनको बिशेष संस्करण ‘आइफोन रेड’ नेपाली बजारमा पनि आइपुगेको छ । नेपालका लागि आइफोनको आधिकारिक बिक्रेता जेननेक्स्ट कम्युनिकेशनले आइफोन रेड नेपाल बजारमा बिक्रि सुरु गरेको जनाएको छ ।

आइफोन रेड १२८ जीबी र २५६ जीबी स्टोरेजमा उपलब्ध हुनेछ भने संस्करणको मूल्य पनि यसअघिका ब्ल्याक, रोज गोल्ड, सिल्भर एडिसनकै बराबर ताकिएको छ । अर्थात् रेड संस्करणका लागि ग्राहकले अतिरिक्त शुल्क तिर्नुपर्ने छैन । आइफोन रेड आइफोनका आधिकारिक बिक्रेताहरु ओलिज स्टोर, इभो स्टोर, फ्यूचर वर्ल्डबाट किन्न सकिने छ ।

आइफोनसँगै सक्कली भ्याट बिल र एक वर्षको वारेन्टी प्राप्त गर्नका लागि केबल आधिकारिक आइफोनहरु आधिकारिक बितरकबाट मात्र किन्न जने नेक्स्टले अनुरोध गरेको छ ।

आइतवार, चैत्र २०, २०७३ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...