विद्युत विकासको अपरिहार्यता

सुरेन्द्र पौडेल
समाजको सबै क्षेत्रको बिकासको आधारको रुपमा जलबिद्युत बिकासले स्थान ओगट्नै लागेको छ । समाजलाई गतिशिल तुल्याउँने एवं विकासको थप उचाईमा पु¥याउँने काममा बिद्युतशक्तिको महत्व अनन्त रहेको पाउँन सकिन्छ । जनताले प्रत्यक्ष आर्थिक र भौतिक रुपमा लगानी गर्न तयार भएको अवस्थामा राज्यले उचित बातावरण मिलाईदिने काम गर्नु पर्दछ । बिद्युत शक्तिको प्रभावकारी उत्पादन प्रशारण र बितरण गर्ने आजको आवश्यकता हो । तसर्थ बैज्ञानिक बिद्युत प्रणाली ब्यवस्थापनमा सबैको एकमत अपरिहार्य छ ।
उर्जा उत्पादनमा भोली होईन भर्खर भन्ने बानीको बिकास गर्न जरुरी छ । उर्जा उत्पादनको जिम्मा सरकारी वा नीजि कुन क्षेत्रलाई हस्तान्तरण गर्ने सम्बन्धमा बैज्ञानिक ठोस निष्कर्ष निकाल्नुपर्ने भएको छ । एक्काईसौं सताब्दीमा पनि बिद्युत बिकासको प्रष्ट रणनीति तयार पार्न नसक्नु अनि जनताको माग अनुरुपको बिद्युत उत्पादनमा ढिलासुस्ती गर्नु आँफैमा हास्यास्पद कुरा हो । जल भण्डारको देश भनि संसारभर गाथा गाउँदै हिड्ने तर ब्यवहारिकताको पक्ष बहसमा मात्र केन्द्रित गर्ने प्रबृत्ति आँफैमा लज्जाबोध हुने खालको छ । तसर्थ जलबिद्युतको बिकासले सबैको हित गर्छ भन्ने कुरामा प्रष्ट धारणा तय गर्दै राजनीतिमुक्त एवं जलबिद्युत बिकास युक्त बातावरण निर्माण गर्दै अगाडी बढ्नु आजको आवश्यकता हो । स्वच्छ र प्रतिस्पर्धी समाज निर्माण सहयात्री शक्तिको रुपमा बिद्युत बिकास गर्न कत्तिपनि बिलम्ब गरिनु हुँदैन् । जलबिद्युत बिकासमा नीति मात्र होईन् कि दृढ र स्वच्छ प्रबृत्ति पनि हुनुपर्दछ । झण्डै २७ लाख ४२ हजार भन्दा बढी ग्राहक संख्या रहेको ठूलो संस्थानको रुपमा नेपाल बिद्युत प्राधिकरण रहेको छ । आज ग्याँसको बिकल्प बिजुलीको रुपमा महत्व फस्टाउँदै गैरहेको बिशेष अवस्था छ । जलस्रोतको विकासबाट मात्र देशले बिकासको राजमार्गमा प्रबेश गर्ने पक्का हुन्छ भन्ने बिषयमा सबै पक्ष गम्भिर बन्दै गैरहेको अवस्था छ । यस्तो परिवेशलाई गहन रुपमा नियाल्दै मुलुकलाई बिकसित राष्ट्रको रुपमा चिनाउँने सम्भावनाका ढोकाहरु उघार्नको सबै सम्बद्ध पक्ष सचेत रहनै पर्दछ । अन्ततः बिद्युत शक्तिको बहुउपयोगिताको सवालले थप महत्व बिस्तारित गर्दै जान्छ । दक्ष जनशक्तिको सृजनशीलता, सृजनात्मक प्रतिभा जस्ता पक्षले प्रष्ट पथ प्रदर्शन गर्नमा सघाउँ पु¥याउँदछ । अनिमात्र बिद्युत बिकासको पक्षमा सान्दर्भिक बहस आकार बिस्तार हुँदै जान्छ । जसबाट अपेक्षित उपलब्धीलाई हात पार्न शिघ्र सफल हुने बातावरण बन्दछ । बिद्युतको सहि प्रयोग गर्ने सम्बन्धमा सूचना जागृत गराउँनु पनि अहिलेको आवश्यकता हो । आज बिद्युत बचत राष्ट्रको आवश्यकताको रुपमा महशुस गरिएको अवस्था छ । यता बिद्युत बचत गर्नुलाई बिद्युत उत्पादन गर्नु सरह मानेर अगाडी बढ्नुपर्ने अहिलेको बिवशता जस्तै बनेको छ । बिकशित मूलुकमा राजनीति गर्ने मान्छे घट्दा चिन्ता हुन्छ तर बिकासशील मूलुकमा राजनीति गर्ने मान्छे बढ्दा चिन्ता हुन्छ । तसर्थ राजनीति गर्नेहरु बिकासका मुद्धामा दत्तचित्त भै लाग्नुपर्ने अहिलेको आवश्यकता हो । हो आज काले काले मिलेर खाँउ भाले भन्ने प्रबृत्तिले केहि सीमित पक्षको अल्पकालिन उद्धेश्य त पुरा गर्ला तर दीर्घकालिन साझा उद्धेश्यप्रति सबैको एकमत अपरिहार्य छ । तसर्थ सबै नीतिको मूल नीति राजनीति भए जस्तै सबै बिकासको मूल बिकासको रुपमा उर्जा बिकासले स्थान लिएको छ । कर्मचारीहरुलाई त्यति सहज छैन् कि आज आफ्नै छोराले लोडसेडिङ किन हुन्छ भनेर प्रश्न गर्दा जवाफ दिने प्रष्ट आधार छैन् । देशको त के हालत ? बत्ति आएपनि नआएपनि बिद्युत प्राधिकरणलाई गाली हुन्छ तर खानेपानी संस्थानमा पानी नआएपनि गाली हुँदैन् । बिद्युत शक्ति बिनाको जिवन पानी बिनाको छट्पट्याईरहेको माछाको जस्तै हुन्छ । तसर्थ बिद्युत शक्तिको औचित्य अतिनै छ । आज भारतसँग बिद्युत खरिद सम्झौता गर्दा गौरव गर्नुपर्ने नालायक स्थिति छ ।
अन्तमाः ग्राहकको गालीलाई माया वा सुझावको रुपमा लिऔं । कमि कमजोरी सुधार गर्दै बिद्युत बिकासको कार्यलाई तिब्रताका साथ अगाडी बढाउँन कम्मर कसेर लाग्नुपर्ने सबै कर्मचारीको दायित्व हो । कर्मचारीको गुनासो जनताको नजरबाट हेर्नुपर्ने हुन्छ । पेशाको कारणले कर्मचारीमा तनाव होईन् कि गर्भ गर्ने बातावरण बनोस् । भ्रष्टाचारमा सून्य सहनशीलताको अभियान चलाईयोस् । पहँुचको भरमा नभै पद्धतिको आधारमा कर्मचारीको बृद्धि विकास सम्बन्धी बातावरण निर्माण गर्न अपरिहार्य छ । योग्य र दक्ष जनशक्ति छनौटबाट बिद्युत बिकासको खुल्ला राजमार्गमा प्रबेश गर्न सहज हुने पक्का अनुमान लगाउँन सकिन्छ । जसबाट बिद्युतलाई बिकासको आधारशिला बनाएर अघि बढ्न बिलम्ब गरिनु हुँदैन् ।

बुधबार, भदौ १५, २०७३ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...