घटनामा खोजी र उद्वारबारे सचेतना

बागलुङ, १५ भदौ – नेपाली सेनाका अधिकृत र जवानहरुले नदीमाथी टाँगिएको डोरीमा झुण्डीएर घाइते र बेहोस भएका बिरामीलाई धमाधम पार लगाए ।
केहीले हतार–हतार स्टेचरमा राखेर गाडिमा पु¥याए । कोही ऐया ऐया भन्दै थिएभने कोही रगताम्मे भएर रोएका थिए । कोही बचाउ भन्दै सहयोग माग्दै थिए । बालबालिकाहरु सहयोग माग्दै थिए भने शिक्षकले उद्धारमा सहयोग गर्दै थिए । उनीहरुलाइ नेपाली सेनाका जवानले ज्यानको बाजी लगाएर सहयोग गर्दै थिए ।
यो घटना कतै बाढी पहिरो गएर भएको भने होइन । विद्यालय तहमा हुन सक्ने विपद जोखिम न्युनिकरणका लागि शिक्षक, अभिभावक र विद्यार्थीलाइ दिइएको खोज तथा उद्धार सम्बन्धी तालिमलाइ व्यवहारिक बनाउन सेनाले त्यस्तो प्रर्दशनी गरेको थियो ।
नेपाली सेनाले जिल्लाका ५ वटा विद्यालयका ३० जनाका लागि पहिलोपटक तालिम दिएको हो । प्लान इन्टरनेशनल नेपालको सहयोगमा गाजा युवा क्लबले संचालन गरेको सुरक्षित विद्यालय कार्यक्रम मार्फत प्रयोगात्मक सहितको तालिमलाई कुनै घटना जस्तै बनाएर प्रयोगमा ल्याइएको व्यवस्थापक सूर्यप्रसाद कंडेलले बताए ।
नेपाली सेनाको अर्जुनबाण गणका मेजर अजय रानाको नेतृत्वमा दजर्नौ सैनिकहरु प्रयोगात्मक अभ्यासका लागि काठेखोला र कालीगण्डकी नदी किनारमा पुगेका थिए । विद्यार्थीहरुले पनि तीन दिनसम्म सिकाएको सैद्धान्तिक ज्ञानलाइ व्यवहारमा उर्तान पाएको बताए ।
शिक्षकहरुले भने यस्तो अभ्यासलाइ गाउँघरमा र विद्यालयमा समेत पुगेर दोहो¥याउने बताएका छन् । सेनाले भूकम्पको समयमा गरिने खोजी तथा उद्धार, बाढी पहिरो, आगोलागि जस्ता विपदको समयमा गर्ने उद्धारको तरिका, आवस्यक साधन श्रोत बारेमा पनि जानकारी गराएका थिए ।
तालिमको तीनदिन सम्म मेजर राना सहितका प्रशिक्षकले प्रशिक्षण पनि चलाएका हुन् । सेनासँग भएका सामाग्री बारेमा जानकारी गराएर उनीहरुले समाजमा हुन सक्ने घटनालाइ प्रारम्भिक उद्धारमा लाग्न सहभािगलाइ आग्रह गरेका थिएभने जटिल उद्धारमा सेना आउने धारणा राखे ।
सहभागिलाइ हौसला दिनका लागि अर्जुनबाँण गणका गणपति प्रमुख सेनानी अच्युतम भण्डारी पनि तालिममा सहभागि भएर आवस्यक निर्देशन दिएका थिए । तालिममा नेपाल रेडक्रस सोसाइटी म्याग्दीका प्रशिक्षक मुक्तिप्रसाद ढुंगानाले पनि सहजीकरण गरेका थिए ।
समापनको अवसरमा बोल्दै सहभागि बालबालिका र शिक्षकले तालिमले जीवनउपयोगी ज्ञान दिएको धारणा राखे । कार्यक्रममा प्लान नेपालका कार्यक्रम अधिकृत भूपमणी दाहालले विद्यालयको सुरक्षाबाट समाज सुरक्षित राख्न सकिने भएपछि यो परियोजना लागू भएको धारणा राखेका थिए ।

बुधबार, भदौ १५, २०७३ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...