सर्पको अनौठो सम्बन्धः त्यसपछि पोथीले भालेलाई निलिदिन्छ

119 Views

यौन विश्वको सवैभन्दा पेचिलो विषय हो । प्रकृतिले यसमा यति धेरै विषय राखिर्दिको छ जसको अध्ययन अनुसन्धानमा त्यति नयाँ तथ्य फेला पर्छ ।

जति अनुसन्धान भए ति सवैमा अनौठा तथ्यहरु सार्वजनिक भएका छन् । हरेक जीवका साथमा यौनको तरिका, नजर र मिथक फरक हुन्छ । चाहे मानिसको कुरा होस् या सर्पको ।
जीजस रिवास अमेरिकाको मेक्सिको हाइलर्डस विश्वविद्यालयमा सर्पको विशेषज्ञ छन् । अंग्रेजीमा यस्तो जानकारीलाई हर्पीटोलजिस्ट भनिन्छ ।
हालसालै जीससले दक्षिण अमेरिकामा पाइनेवाला विशालशरीर भएको सर्प अर्थात एनाकोण्डाको यौन जीवनका बारेमा अनौठो तत्थ पत्ता लगाएका छन् ।

एनाकोण्डामा पोथीले यौन सम्पर्कपछि भालेलाई खाइदिने गरेको नयाँ तथ्य फेला पारेका हुन् ।
पहिला बैज्ञानिक यो विश्वास गर्थेकी सर्पको यौन सम्पर्कमा भाले हावी हुन्छन् । तर, जीससको अनुसन्धानले त्यसलाई गलत बताएको छ ।
पोथी सापले भाले सापलाई इसारामा नचाउछ । यदी एनाकोण्डाका बारेमा यस जानकारीले उनलाई अचम्ममा पा-यो । जीसस भन्छन्कि सर्पको यौन जीवनको बारेमा यो सवैभन्दा नयाँ तथ्य हो ।
दोस्रो प्रजातिका जनावरमा भालेको आकार ठूलो हुन्छ । र उनीहरु शक्तिशाली पनि हुन्छन् । तर सर्पको मामलामा यो उल्टो हुन्छ । यसकारण कयौं पटक सेक्सपछि पोथी सापले भाले सापलाई निलिदिन्छ । एनाकोण्डामा पोथी सर्प भाले भन्दा पाँच गुणा ठूलो हुन्छ । जसका कारण पोथीले भालेलाई सजिलै निल्न सक्छ ।

चराहरु तथा अन्य स्तनधारी जनावरमा भाले आम रुपमा ठूलो र शक्तिशाली हून्छ । यसको प्राकृतिक
भाले पोथी भन्दा ठूलो भएका कारण यौन सम्बन्ध बनाउनका लागि खोज्न फाइदा पुग्ने हुन्छ ।
तर सर्पमा भालेलाई पोथी भन्दा ठूलो हुनाको कुनै फाइदा हुन्न । यौनका लागि दोस्रो भाले सापको मुकाबला प्राय भाले साप आफ्नो पुच्छरबाट टाढा हटाएर पोथी सापसँगको संसर्गमा पुग्छ । जसका कारण उसलाई पोथी भन्दा ठूलो हुन आवश्यक छैन ।

शुक्रबार, असार २, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...