टेलिकमले टावर बिस्तार गर्ने

बागलुङ, १३ भदौ – नेपाल टेलीकम बागलुङले जिएसएम मोवाईल टावर विस्तार गर्ने भएको छ ।
ग्राहकलाई सञ्चारको पहककुचमा राख्ने उद्येश्यले गलकोट नगरपालिका ९ रिश्मी देउपुरमा टावर निर्माण गर्नको लागि सर्भे गरिएको छ । नेपाल टेलीकम र स्थानियको उपस्थितीमा आगामी असोज महिनामा टावर सञ्चालनमा ल्याउने गरि सर्भे गरिएको नेपाल टेलिकम बागलुङका प्रमुख एवं वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए ।
जिल्लाको काँडेबास बजार, रिश्मी, छिस, दरबारा र मध्यपहाडी लोकमार्गमा मोवाईल सिग्नलको समस्यालाई मध्यनजर गरि टावर विस्तार गर्न लागिएको शर्माको भनाई थियो । अहिले त्यस क्षेत्रमा मोवाईलमा सिग्नल नआउने समस्याले ग्राहकले सास्ती खेप्दै आईरहेका छन् ।
यता, गलकोट नगरपालिका–१ झाँक्रीस्थानमा रहेको नमस्ते मोवाईल टावरमा बडा दशैं अगावै उच्च गतिको मोवाईल ईन्टरनेट थ्रिजी सेवा थप गर्ने गरि तयारी भईरहेको जनाएको छ ।
त्यस्तै गलकोट नगरपालिका ३ हटिया बजारमा एडिएसएल ल्याण्ड लाईन टेलिफोनलाई नयाँ प्रविधिमा रुपान्तरण गर्दै थप विस्तार गर्ने तयारी भईरहेको टेलिकम बागलुङका ईन्जिनियर अमृत नेपालले बताए ।
उनका अनुसार, हाल ९६ भ्वाईस र ४८ लाईन डाटा सुचारु रहेकोमा अब थप ९६ लाईन भ्वाईस र ४८ लाईन डाटा थप गर्ने तयारी गरिएको छ ।

मङ्लबार, भदौ १३, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...