दर्ता बिनै ईट्टा उद्योग संचालन

बागलुङ – मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता गर्ने र नगरक्षेत्र बाहिर मात्र संचालनगर्न पाउने सरकारी प्रवाधान विपरित बागलुङमा अझैपनि दर्जनौं ईटाभट्टी संचालनमा छन् ।
घरेलु तथा साना उद्य्रोग विकास समितिमा दर्ता गर्नुपर्ने प्रावधान भएपनि अहिले सम्म कुनैपनि इटा उद्य्रोग दर्ता नभएको हो । समितिको मुख्य शाखा कार्यालयमा गत आर्थिक बर्ष १ सय ९१ उद्योग संचालनमा आएकोमा एउटै पनि इटा उद्योग दर्ता नभएको निर्देशक विश्वप्रेम ढकालले बताए । अघिल्लो बर्ष ७७ उद्योगले नविकरण गरेका छन् । सबै दर्ता र नविकरण समेत गरी बागलुङमा कुल ६सय ७६ वटा व्यवसाय संचालनमा छन् ।
दुइ बर्ष अघिदेखि बिना दर्ता संचालित इटा उद्योग खारेज गर्ने भनिएपनि अहिले सम्म सरकारी निकायले वास्ता गरेको छैन । सरकारले पटक पटक उद्योग दर्ता गर्ने मिति दिंदा पनि संचालित उद्योगले दर्ता नगरेका हुन् । पर्वतको नाङलीवाङमा ‘ए एण्ड एम इटा उद्योग’ मात्र दर्ता गरेर संचालनमा छ । अञ्चल भित्र ४० भन्दा बढी अवैध ईटा उद्योग दर्ता नगरी संचालनमा आएको अनुमान छ । पत्राचार गरेर भ्यादमा दर्ता गर्न र वातावरणीय स्वच्छता कायम गरेको प्रमाणपत्र लिन पत्राचार गरेपनि कुनैपनि उद्योग सम्पर्कमा नआएका हुन् ।
घरेलु उद्योग महासंंघ तथा प्रशासनको अनुमति लिएर प्राविधिक वातावरण परिक्षण प्रमाणपत्र समेत पाएपछि मात्र उद्योग संचालनमा ल्याउन पाउने प्रावधान छ । नियम विपरित संचालनमा आएको थाहा पाएर पनि सरकारी निकायले कारवाही गर्ने तयारी समेत गरेको छैन । ‘दर्ता गर्ने प्रावधान अप्ठ्यारो भएकोले उनीहरु नआएको पाएको छु’ ढकालले भने,‘दर्तामा आउनुपर्छ भनेका छौं, कानूनी कारवाहीका लागि पहल भने गरेका छैनौं ।’ व्यवसाय तर्फ २ सय ८३ वटा दर्ता भएको शाखा अधिकृत अम्बिका घिमिरेले बताइन् ।
उनले बाणिज्यमा नविकरणगर्ने संस्था १ सय २५ पुगेको पनि बताइन् । समितिले गत बर्ष देखि उद्योग र व्यवसायलाइ छुट्टाछुट्टै दर्ता गर्ने व्यवस्था गरेपछि उत्पादन मुलक व्यवसायलाइ उद्योगकोरुपमा दर्ता गर्न थालिएको हो ।
साबुन, चाउमिन, ढाका कपडा जस्ता बस्तु उत्पादन हुने सबै व्यवसायलाइ उद्योग र अन्य व्यवसायलाइ बाणिज्यमा दर्ता गर्ने चलन छ । इटा उद्योग संचालन गर्न नगरपालिका भित्र संचालन गर्न नपाउने, राजमार्गबाट पनि तोकिएको दुरी भन्दा नजिकमा संचालन गर्न नपाउने व्यवस्था छ । एक जानकारी अनुसार जिल्लाका अधिकांस व्यपारीले समेत भ्याटको बील प्रयोगमा ल्याउँदैनन् ।
राजश्व छली तथा सानो सानो कारोवार देखाउन भ्याट बील प्रयोग नगरेको भेटिएको हो । करोडौंको कारोवार गरेपनि सामान्य बील प्रयोग गरेकै कारण जिल्लाबाट संकलन हुने राजश्व बढ्न सकेको छै्रन । करदाता सेवा कार्यालयले पनि सबैलाइ करको दायरामा ल्याउन नसकेको हो ।

बुधबार, साउन २६, २०७३ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...