‘पुरुष’ले गर्भधारण मात्रै गरेनन्, स्तनपान समेत गराए

142 Views

अमेरिका, २५ भदौ-तपाईँमध्ये कतिलाई लाग्न सक्छ ुकनै ट्रान्सजेन्डर (लिङ्ग पहिचान नभएका)ले बच्चा पाउन सक्छन् र स्तनपान समेत गराइराखेका छन् भन्दा अचम्म लाग्न सक्छ । तर कुरा सत्य हो । तर यो अमेरिकाको बोस्टनमा यस्तो भएको छ । तपाईँ भन्नुहोला अमेरिकामा त जस्तोसुकै घटना पनि हुनेगर्दछ । तर तस्वीर हेरेपछि तपाईँ विश्वास गर्न वाद्य हुनुहुनेछ –यो कुनै फोटोसप्ड तस्वीर होइन ।
यो कथा इभानको हो जो केटीका रूपमा जन्मे । तर १६ वर्षको उमेरमा उनलाई थाहा भयो कि उनी ट्रान्सजेन्डर हुन् । यसपछि उनले आफ्नो हर्मोेन सम्बन्धी केही शल्यक्रिया गराए तर उनले स्तन लगायतका केही अङ्ग हटाउन चाहेनन् । पछि उनले आफ्नो ‘पार्टनर’सँग छलफल गरेर बच्चा जन्माउने निधो गरे । उनमा भएको केही असहजताका कारण उनले कृतिम गर्भधारणको माध्यमबाट बच्चा जन्माउनेबारे सोचे ।
आफैँ बच्चा जन्माएर स्तनपान गराउने उनको निचोड थियो । जब उनको गर्भमा बच्चा हुक्र्यो, त्यसपछि उनले पुरुषमा हुने हर्मोनको इन्जेक्सन लिन बन्द गरे । उनले यसो गर्नुको कारण थियो, यसो गर्दा सम्पूर्ण रूपमा गर्भमा रहेको बच्चालाई प्राकृतिक रूपमा पाल्न सकियोस् ।
उसो त ट्रान्सजेन्डर्सवालाहरुले आमा बन्ने फैसला लिनु आफैँमा अत्यन्त गम्भीर विषय हो तर इभानको गर्भावस्थामा खरावी आएनन् । सबैलाई यस्तो हुँदैन , कतिपय यस्तो अवस्था पार गर्नेहरु डिप्रेशनको सिकार समेत बन्न सक्छन् । अहिले इभानले आप्mनो बच्चालाई दूध चुसाइरहेको तस्वीर सामाजिक सञ्जालमा व्यापक भएको छ । यो तस्वीरलाई उनकी बहिनीले इन्स्टाग्राममा शेयर गरेकी हुन् ।
एक पुरुषको रूपमा भएको मान्छेले यसरी महिलाको भूमिका निर्वाह गरेपछि उनलाई अनेक प्रश्नहरू समेत गरिएका छन् । यसमा उनको उत्तर छ , ‘मलाई थाहा छ कि म इभान हुँ । मैले यस्तो जिम्मेवारी समेत निर्वाह गर्न पाउँदा मलाई गौरवबोध भएको छ ।’ इभानजस्ता मान्छे संसारमा कमै हुन्छन् । उनको यो जिम्मेवारीले महिला र पुरुषबीच सदियौँदेखि हुने गरेका विभेदका बीचमा केही सवालहरू अवश्य नै उठाइदिएको छ।
अमेरिकामा करिब ७ लाख व्यक्तिहरू आफूलाई खुला रूपमा ट्रान्सजेण्डर भएको बताउँछन् । एउटा लिङ्गमा जन्मेर पछि पनि पछि अर्कै लिङ्गको महसुस हुन तथा एउटा स्वरूपमा जन्मेर आफूलाई केटा र केटी दुवै अनुभव गर्नेहरु नै ट्रान्सजेण्डर हुन् । कतिपय ट्रान्सजेण्डरहरु भने आफूलाई केटा वा केटी नभएर केवल मान्छेका रूपमा चिनाउने समेत हुन्छन् । उनीहरूका परम्परागत रूपमा पुरुष र महिलाले गर्ने हाउभाउ, स्वभाव र शरीर समेत फरक हुन्छन् ।
समाचार स्रोत: हिन्दुस्तान टाइम्स /तस्वीर स्रोत : टाइमivan_breasfeeding (2)

ivan_breasfeeding (3) ivan_breasfeeding (4) ivan_breasfeeding (5)

 

शनिबार, भदौ २५, २०७३ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...