एनटिसि(NTC) का ग्राहकलाइअव मोवाइलमानै लाइभ टिभी

काठमाडौं, ३ असोज /नेपाल टेलिकमका मोबाइल फोन प्रयोगकर्ताले अब लाइभ टिभी, मुभी र विभिन्न विधाका भिडियो तथा एफएम एउटै मोबाइल एपमार्फत हेर्न तथा सुन्न सक्ने भएका छन्। यो सेवाका लागि ‘वाउटाइम’ (WOWTIME)  एप संचालनमा आएको छ। विन नेपालको सहकार्यमा सो एप सञ्चालनमा ल्याइएको टेलिकमले जनाएको छ।
सो एपमार्फत लाइभ टिभी, मुभी तथा भिडियो हेर्न र एफएम सुन्न सकिन्छ। लाइभ टिभीमा नेपाली, हिन्दी तथा विदेशी भाषाका विभिन्न विधाका १३० च्यानल हेर्न सकिने टेलिकमले जनाएको छ।त्यसैगरी विभिन्न विधाका मुभी, म्युजिक भिडियो तथा टिभी शोहरु पनि हेर्न सकिन्छ। नेपालमा उपलब्ध एफएम रेडियो समेत यही एपमार्फत सुन्न सकिन्छ।यो सेवा नेपाल टेलिकमका जीएसएम तथा सीडीएमएका प्रिपेड/पोष्टपेड ग्राहकलाई मात्र उपलब्ध हुनेछ। हाललाई दसैँ तिहारको अवसरमा पहिलो एक महिनाको लागि एप लिँदा कुनै शुल्क नलाग्ने बताइएको छ

मङ्लबार, अशोज ३, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...