सहयोग प्रदान

बागलुङ, २८ भदौ – दुवै मृगौलाले काम नगरेपछि उपचारका लागि याचना गरेका भकुण्डे–७ का भद्रबहादुर थापाको मृत्यु भएपछि सहयोग समितिले संकलित रकम परिवारलाइ हस्तान्तरण गरेको छ ।
एक महिना अघिदेखि उदित थापाको संयोजकत्वमा आर्थिक सहयोग संकलन समिति गठन भइ रकम संकलन समेत भैरहेको थियो ।
उपचारको क्रममा थापाको पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएपछि श्रीमती दिलकुमारीलाइ समितिले सोमबार रकम हस्तान्तरण गरेको हो । समितिले संकलन गरेको रकम मध्ये यस अघि एक पटक २६ हजार र अर्को पटक १० हजार हस्तान्तरण भैसकेको थियो ।
सोमबार आयोजित कार्यक्रममा ३४ हजार ९ सय ९० रुपैयाँ पिडितलाइ हस्तान्तरण गरिएको हो । उक्त रकमलाइ काजक्रिया खर्चमा लगाउन सकिने गरी दिइएको हो ।
सर्वोदय बहुउद्धेश्यीय सहकारीमा खोलिएको खाताको पासबुक र चेक समेत उदित थापाले पिडितलाइ हस्तान्तरण गरेका थिए । पिडित थापाका १ छोरा र १ छोरी छन् ।
मृतकको मृगौलाले काम नगरेकोले उपचारका लागि लैजादा मधुमेह, उच्च रक्तचाप समेत बढेकोले बचाउन नसकिएको अस्पतालले जानकारी दिएको परिवारका सदस्यले बताए ।

मङ्लबार, भदौ २८, २०७३ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...