मोरे क्षेत्रमा अण्डरवेयरले माटो जाँच्छन् किसानहरु

खेतबारीको कुन भाग बढि उब्जाउ छ ? यसको परीक्षणका लागि किसानले आफ्नो कट्टु खाल्डो खनेर गाड्ने गर्छन् । यो समाचार स्कटल्याण्डको हो । स्कटल्याण्डको उत्तरपूर्वस्थित मोरे क्षेत्रका किसान इयान ग्रीनले आफ्नो १८ सय एक्कड जमिनका विभिन्न ठाउँमा आफ्ना पूराना कट्टु गाडेका छन् ।
उनले यसरी गाडेको कट्टुको आधारमा माटोको उब्जाउपना पत्ता लगाउँछन् । उनको सिद्धान्त अनुसार जुन ठाउँमा गाडिएको कट्टु सबैभन्दा छिटो कुहेर माटोमा मिल्छ, त्यो ठाउँको माटो सबैभन्दा उब्जाउ हुन्छ ।ती कि सानको त्यो कट्टु सिद्धान्तलाई सरकारी स्हयोग पनि मिलेको छ । उनको माटो परीक्षण पद्धति क्वालिटी मिट स्कटल्याण्ड तथा कृषि तथा बागवानी विकाश बोर्डको सहयोगमा अघि बढिरहेको छ ।
स्वाइल माइ अण्डिज नामको उनको माटो परीक्षण पद्धतिको सिद्धान्त अनुसार माटोमा रहेका जिवाणुहरुले कटनका कपडा नष्ट गर्दछन् । त्यस्तो नष्ट गर्ने प्रक्रिया जुन माटोमा तिव्र गतिमा हुन्छ त्यो माटोमा धेरै जिवाणु हुन्छन्, त्यसैले त्यस्तो माटो बढि उर्वरशील हुन्छ ।
माटोको उर्बरता जाँच्नका लागि उनले यो हप्ता स्पे नदी नजिकैको खेतमा कैयन् सरकारी अधिकारी तथा किसानहरुलाई भेला पारे । उनका अनुसार खेतमा गरिएको परीक्षणबाट उनले सही नतिजा प्रस्तुत गर्न सफल भएका छन् । सधै गिलो रहने खेतको माटो कम उब्जाउ रहेको आफ्नो पहिलेको अनुमान अहिले सही सावित भएको भन्दै उनले त्यस्तो ठाउँमा गाडिएको कट्टु जस्ताको तस्तै रहेको बताए ।
जबकी राम्रोसँग खनजोत गरिने र राम्रो उब्जाउ हुने खेतको माटोमा गाडिएको कट्टु चाहीँ मज्जाले कुहिएर नष्ट भएको पाइयो । उनका अनुसार माटोको उर्बराशक्ति जाँच्ने यो सबैभन्दा सजिलो उपाय हो । उनका अनुसार यो परीक्षणमा कट्टु नै प्रयोग गर्नुपर्छ भन्ने छैन । तर कपडा चाहीँ कटनको हुनै पर्दछ । बीबीसी

 

सोमवार, कार्तिक २०, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...