अब चश्माबाटै भिडियो रेकर्डिङ

क्यालिफोर्निया,११ असोज- चर्चित म्यासेजिङ एप स्न्याप च्याटले आफ्नो पहिलो ग्याजेट क्यामराको रुपमा स्मार्ट चश्मा सार्वजनिक गर्ने बताएको छ।
कम्पनीले उक्त स्मार्ट चश्माको नाम स्पेक्टेकल्स राखेको र यसको प्रयोग गरी प्रयोगकर्ताले ३० सेकेण्डसम्मको भिडियो रेकर्ड गर्न सकिने जनाएको छ।
उक्त स्पेक्टेकल्सका निमार्णकर्ता इभान स्पिङगलले आफूले आफ्ना साथीहरुसँग मिलेर रमाइलोकालागि एक स्मार्ट चश्मा तयार पारेको र अहिले स्न्याप च्याटले यसलाई बजारमा सार्वजनिक गर्ने कुराले आफू उत्साहित भएको बताए। उनले भने, ‘यो स्मार्ट चश्मा गुगलको स्मार्ट चश्मा जस्तो देखिएपनि त्यो भन्दा यो विल्कुल फरक छ।’
उनले आफूहरुको स्मार्ट चश्मा  गुगलको स्मार्ट चश्माको तुलनामा धेरै सस्तो हुने दाबी गरेका छन्। उनले आफ्नो स्मार्ट चश्मा १ सय ३० अमेरिकी डलर पर्ने बताए। गुगलको स्मार्ट चश्माको भने १५ सय डलर पर्दछ । उनले भने,  ‘महङगो भएकेै कारण मानिसले गुगलको स्मार्ट चश्मा किनेन् र यो पूर्ण रुपमा असफल भयो तर हाम्रो स्मार्ट चश्मा सस्तो छ त्यसैले यसले प्रयोगकर्तालाई आर्कषण गर्छ।’

मङ्लबार, अशोज ११, २०७३ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...