खेमले गाए प्रेम-वियोगको गीत

कुनै बेला टेलिभिजन पत्रकारिता गरेका खेम रिसाल गीत-संगीतमा समेत रुचि राख्छन् । रुचि मात्र राख्दैनन्, गाउँछन् पनि । टेलिभिजन पत्रकारिताबाट विश्राम लिएपछि उनले धमाधम गीत गाए । एल्बम निकाले । म्युजिक भिडियो बनाए । यो सिलसिला अझै रोकिएको छैन । हालै मात्र उनले नयाँ गीति सामग्री ल्याएका छन् । गीत हो, ‘केही गरी सकेन ।’ गीतमा संगीत मोहन मगरले दिएका छन् । रोशन वान्तवाले संगीत संयोजन ।
अघिल्ला गीतहरूमा झै यसपालि पनि उनले प्रेम-वियोगको प्रसंग बुनेका छन् । प्रेम वियोगपछिको क्षणलाई उनले गीत बनाएका हुन् । गीतको रचना उनको आफ्नै हो । हालै उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । केदार धितालले निर्देशन गर्दै गायक रिसालको गीति भावलाई दृश्यमा उतारेका हुन् । भिडियोमा नयन सिंह र पुनम भण्डारीले अभिनय गरेका छन् । निशान घिमिरेले सम्पादन गरेको म्युजिक भिडियोलाई उत्सव दाहालले खिचेका हुन् ।

आइतवार, चैत्र ११, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...