अर्कैसँग जान लागेकी प्रेमिकाको हत्या

विराटनगर महानगरका एक युवकले बिहे गर्न नमानेको निहुँमा प्रेमिकाको हत्या गरेका छन् ।महानगर-१३ का ३० वर्षीय दिनेश भट्टराईले प्रेमिका २३ बर्षीया शिखा घिमिरेलाई शुक्रबार धारिलो हतियारले हानेर हत्या गरेका हुन् । आजको कान्तिपुरले पृष्ठ १३ मा यो समाचार छापेको छ ।

प्रहरीका अनुसार उनीहरु बिहानै घरबाट को१७प १७२३ नम्बर स्कुटरमा घुम्न निस्किएका थिए । घुम्दै ग्रामथान–३ सिद्रहास्थित नहरछेउ पुगेपछि हत्या गरेको युवकको बयान उद्धृत गर्दै प्रहरी उपरीक्षक मनोज केसीले बताए ।‘घिमिरेको अनुहार, घाँटी, टाउकोलगायत शरीरका विभिन्न भागमा काटेर नहरको डिलमा फालिएको थियो,’ उनले भने,

‘शव चिन्नै नसकिने गरी अनुहारमा धारिलो हतियारले काटिएको छ ।’प्रहरी उपरीक्षक केसीका अनुसार दुबैबीच प्रेमसम्बन्ध रहेको तर युवतीले बिवाह गर्न नमानेपछि हत्या गरेको युवकले बयान दिएका छन् ।भट्टराईले शिखा केही दिनदेखि अर्कै केटासँग लागेको र केही दिनमै आफूलाई छाडेर अस्ट्रेलिया जान लागेकाले हत्या गरेको बताएका छन् ।

शनिबार, भदौ २, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...