नकुल ढकालको ‘डिम्पल गालैमा’ बजारमा

म्याग्दीका लोकगायक नकुल ढकालको ‘डिम्पल गालैमा’ बजारमा आएको छ । डान्सिङ बिटको गीत यूटुवबाट सार्वजनिक भएको हो । आफ्नै शब्द, लय तथा चर्चित लोकदोहोरी गायिका प्रति आलेको साथमा बजारमा आएको गीत मायाँप्रेम संग सम्बन्धित रहेको छ । ब्यवसायसंगै सांगीतिक क्षेत्रमा समेत रमाइरहेका ढकालले गीतलाई यूवापुस्ता देखी बृद्धबृद्धालाई रुचाउने बताए । ‘यो गीतमा धेरै मेहनत गरेको छु,‘पहिलो दिनमै धेरै राम्रो प्रतिक्रिया आएको छ’ ढकालले बेनीअनलाइनलाई भने ।

उनले विगतमा जस्तै यस गीतलाई पनि मायाँ गरेर साथ दिने विश्वास ब्यक्त गरे । गीतमा प्रकाश सपुत र रिना थापाको अभियन रहेको छ । बैदेशिक रोजगारमा मृत्यु भएको श्रीमानको कथालाई लिएर हालै अत्याधिक चर्चामा आएका सपुत र चर्चित डान्सर थापा रहेको छ । विन्ध्यबासिनी म्यूजिक अवार्ड २७३ को नवगायक विद्याको सर्वोत्कृष्ट घोषित समेत भइसकेका ढकालले नयाँ गीतको तयारीमा रहेका छन् ।

ढकालले बजारमा ल्याएको रोइला गीत रुँदै मेला पातै भन्नेले निकै लोकप्रियता कमाएको थियो । नेपालीको मौलिकता झल्कने उक्त गीतमा चर्चित लोकगायिका मुना थापामगरले ढकाललाई साथ दिएकी थिईन् ।लोक दोहारी प्रतिष्ठान धौलागिरि अञ्चलको कोषाध्यक्ष समेत रहेका ढकालले आगामी दिनमा समेत लोकप्रियता कमाउने गीतहरुलाई बजारमा ल्याउने प्रतिबद्धता जनाएका छन् ।

शनिबार, भदौ २, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...