ग्यास्ट्रीकले पनि दुख्छ मुटु

डा. ओम मुर्ति अनिल, मुटुरोग विशेषज्ञ

हार्ट बर्न (Heart Burn)

पेटको समस्या (गयास्ट्रीक) ले छातिको बिच भागमा,घाटिमा वा छातिको देब्रेतिरको तल्लो भागमा पोल्नु वा असजिलो हुनुलाई हार्ट बर्न भनिन्छ । हार्ट अटैक को लक्षण  हार्ट बर्न सँग मिल्दोजुल्दो हुने गरेकोले यसलाई यकिन सँग छुट्ट्याउन अत्यन्तै जरुरी हुन्छ । धेरै बिरामीले हार्ट अटैक लाई  हार्ट बर्न ठानेर ठुलो सन्कटमा पनि परेका छन । साथै धेरैले  हार्ट बर्न लाई हार्ट अटैक  भन ठानेर अनावश्यक समय, पैसाको खर्च र मानसिक त्रास समेत भोग्न पुग्छन ।

हार्ट बर्न र हार्ट अटैक कसरी छुट्याउने?

हार्ट बर्न र हार्ट अटैक  छुट्याउने प्रमुख आधार लक्षण नै हो । कुनै जाचको मदतले यसलाई छुट्याउन कठिन हुन्छ ।

 

1)  छातिको बिच्मा वा घाटिमा पोल्नु वा असजिलो हुनु दुबै अवस्थामा हुनसक्छ, तर हार्ट बर्न मा दुखाइ देब्रे हातमा सर्दैन ।

 

2)  हार्ट बर्न मा पहिला देखी गयास्ट्रीक को समस्या हुनु, अमिलो पानी आउनु,माथिलो पेट दुखने हुन्छ तर हार्ट अटैक मा बिच छातिको ठुलो भाग्मा दुखेको पोलेको वा दबाब जस्तो अनुभव हुन्छ ।

 

3)  वाकवाकी वा बान्ता हुने हार्ट बर्न मा पनि हुन्सक्छ, तर दुखाइ सँग पसीना आउनु हार्ट अटैक को महत्वपूर्ण लक्षण मानिन्छ ।

 

४)  मानसिक तनाव, मोटोपना, मदिरा सेवन र खानाको गडबडी (अमिलो,चिल्लो,पिरो) ले  हार्ट बर्न बढाउछ ।

 

5)  खाना खाएपछी वा धेरै बेर खाली पेट भएमा, नपच्ने खालको बहिर खाना खाएमा हार्ट बर्न को सम्भावना हुन्छ ।

 

6)  मधुमेह, धुम्रपान्, उच्च्कोलेस्टेरोल भएकाले यस्तो लक्षण हुनसाथ मुटु जाच गर्नु राम्रो हुन्छ ।

 

7)  हार्ट बर्न को उपचार (एन्टासिड्,पन्टोप्राजोल्)शुरु हुने बितिकै आराम हुन थाल्छ , तर हार्ट अटैक मा उचित उपचार नभएसम्म पुर्न आराम मिल्दैन ।

 

8)  लक्षण को आधार मा कहिलेकाही बिशेसज्ञलाई पनि निदान गर्न कठिन हुने भएकोले ,बिरामीको सम्पूर्ण अवस्थालाई ध्यान मा राखेर मात्रै हार्ट बर्न को डायग्नोसिस गरिन्छ ।

सोमवार, अशोज १, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...