पढाइ पूरा गर्नका लागि यी महिलाले गरिन् अनौठो बिहे

उमेर लागेका महिलालाई बिहे कहिले गर्ने भन्ने प्रश्नले प्रायः पछ्याइरहेको हुन्छ । अक्सफोर्ड विश्वविद्यालयकी एक ३२ वर्षीया छात्राले परिवारको यो प्रश्नबाट बच्नका लागि अनौठो तरिका निकालिन् ।

जेमिमा नामक यी महिलाले आफैंसँग बिहे गरेर यो प्रश्नको उत्तर दिइन् । उनले बिहेमा परिवार र साथीभाइलाई पनि बोलाइन् ।

डेलीमेल पत्रिकामा छापिएको खबरअनुसार, जेमिमाले यो बिहेका लागि विशेष वस्त्र तयार पारिन् । बिहे हुने ठाउँसम्म उनी पारम्परिक तरिकाले पुगिन् । बिहेमा दुलाहा नदेखेर अतिथिहरू छक्क परेपनि जेमिमा बिहेपछि मोटरसाइकल चढेर गइन् ।

जेमिमाले भनिन्, ‘आफैंसँग बिहे गर्ने मेरो निर्णय परिवार र साथीहरूका लागि निराशाजनक रह्यो । तर मैले सही फैसला गरेकी हुँ । मैले आफूसँग गरेको प्रतिबद्धताका बारेमा परिचितहरूलाई बताएँ ।’

जेमिमाले पढाइ पूरा गर्नका लागि गोफन्डमी फेसबूक पेज पनि बनाएकी छन् ।

यस्तो बिहेबाट आफ्ना मातापिता खुशी नभएको जेमिमाको भनाइ छ । उनले भनिन्, ‘युगान्डामा मेरा मातापिता र साथीहरू जहिले पनि बिहेको बारेमा सोध्छन् । अनि मैले आफैंलाई बिहे गरिदिएँ । बिहेका तस्वीरहरू मैले आमाबुवालाई पठाएको छु ।’

एजेन्सी

शुक्रबार, अशोज २६, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...