कपाल हेरेर पनि थाहा पाइन्छ रोग

कपालसम्बन्धी समस्याले धेरै मानिस पीडित हुन्छन् । तर यस्ता समस्या लामो समयसम्म रहेमा रोगको संकेत हुनसक्छ ।

तीमध्ये केही रोग त लामो समयपछि निकै गम्भीर पनि हुनसक्छन् । समयमै यी रोगको पहिचान गरेर उपचार गरेमा जोखिमलाई घटाउन सकिन्छ । कपालविशेषज्ञ रोहित बत्राले कपालबाट चिनिने रोगका संकेत बताएका छन् ।

चायाँ
कपालमा छिट्छिटो चायाँ फैलिनु सेबोरेहिक डर्मेटाइटिस नामक रोगको संकेत हो । यो रोग शरीरमा संक्रमणका कारण हुन सक्छ । यसो हुँदा छिट्टै कपाल झर्छ र छालामा रातो धब्बा बन्ने समस्या पनि आउँछ ।

रुखो
लामो समयसम्म कपाल रुखो भएमा हाइपरथाइरोइडिजमको संकेत हुन सक्छ । यो रोग लाग्दा थाइरोइड ग्ल्यान्ड बढी सक्रिय हुन्छ । अनि तौल अचानक घट्न पनि थाल्छ ।

झुप्पामा झर्ने
तपाईंको कपाल झुप्पा झुप्पामा झर्ने गरेको छ भने मधुमेह वा अलोपेसिया अरेटा नामक रोगको संकेत हुनसक्छ । अलोपेसिया अरेटा रोग लागेपछि व्यक्तिको कपाल छिट्छिटो झर्छ र तालुखुइले हुने समस्या आइलाग्छ ।

छिटो सेतो हुने
कपाल छिटो सेतो भएमा शरीरमा मेलेनिन नामक हर्मोनको कमीको संकेत हुनसक्छ । यो हर्मोनले हाम्रो छाला र कपालको कपाल बनाउन सहायता गर्छ । यसको कमी हुँदा छाला र कपालको रंग परिवर्तन हुन थाल्छ ।

दुईमुखे
कपाल दुईमुखे हुन थाले भने ट्राइकोरेक्सिस नोडोसा नामक जेनेटिक रोगको संकेत हो । यसले कपाललाई दुईमुखे बनाएर झर्न थाल्छ ।

पातलो
शरीरमा प्रोटीनको कमी भएमा कपाल पातलो हुन थालछ । अनि कपाल छिट्छिटो झर्न पनि थाल्छ ।

एजेन्सी

शुक्रबार, अशोज २६, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...