हिराका टुक्रा जडित श्रीपेच सार्वजनिक

राजाहरुले लगाउने श्रीपेच सार्वजनिक भएको छ । नारायणहिटी दरबार संग्राहलयमा राख्रिएको श्रीपेचलाई सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेका हुन् ।

अब संग्राहलय भ्रमण गर्नेले यो श्रीपेच हेर्न पाउने छन् । विशेष सुरक्षाका साथ बुलेट प्रुफ सिसाको सोकेसमा श्रीपेचको साथमा राजदण्ड, तत्कालीन रानीको मुकुट, तरबार लगायतका सामाग्री राखिएको छ ।

तत्कालीन राजाहरुले पहिरने श्रीपेचमा ७५० वटा हिराका टुक्रा छन् भने टायरामा २ हजार ७ सय टुक्रा छन् । श्रीपेचको पछिल्तिर झुण्डिने आकर्षक कल्ली भने वर्ड अफ प्याराडाइज नामक चराको पुच्छर हो ।

सोमवार, अशोज २९, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...