नेकपा अध्यक्ष प्रचण्डको दशैं यसरी बित्दैछ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को यसवर्ष दशैंको समयलाई खुमलटारस्थित निवासमा परिवारसँग बसेर लेखपढ गर्ने योजना रहेको बताइएको छ ।

दशैं समयमा अध्यक्ष खुमलटारस्थित निवासमा पारिवारीक  भेटघाट र  लेखपढ गर्ने योजनामा रहेका अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए ।

‘उहाँ(प्रचण्ड)को दशैं परिवारसँगै घरमा बसेर मनाउनुहुन्छ ।’ सापकोटाले भने ‘ उहाँ यो समय लेखपढ गर्नुहुन्छ ।’ दशैं बिदा भएर सबै घरतिर लागेसँगै नेकपा अध्यक्ष प्रचण्डले सोमबारदेखि नै औपचारिक कार्यक्रममा जान छाडेका छन् ।

बिहिबार, कार्तिक १, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...