सेवाग्राहीका लागि वाइफाइ र नयाँ कुर्सी

298 Views

चितवन । नागरिकता, राहदानी लगायतका काम लिएर चितवन जिल्ला प्रशासन जाने सेवाग्राहीले कुर्सीमै बसेर पालो कुर्न पाएका छन् ।

अाजकाे कान्तिपुर  दैनिकमा याे खबर छ – कुर्दा दिक्दार नहोस् भनेर प्रशासनले मोबाइल फोनमा इन्टरनेट चलाउने व्यवस्था मिलाएको छ ।

‘नागरिकता फाँटमा अलि भीडभाड हुने भएकाले सोचेजस्तो चाडो काम नहुन सक्छ ।’ चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने, ‘कुरेर बस्ने सेवाग्राही दिक्क नहुन् भनेर फ्रि राउटरको वाइफाइ राखेका छौं ।’

उनका अनुसार, सेवाग्राही बस्नका लागि टिकाउ र राम्रा कुर्सी पनि छन् ।

बुधबार, कार्तिक ७, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...