रुसमा खुल्यो ‘रोबोट’ वेश्यालय

मस्को । रुसको राजधानीमा एउटा रोबोट वेश्यालय खुले को छ, यहाँ रोबोटलाई सेक्स डलको रूपमा सेवाका लागि राखिएको छ  । यो रुसको पहिलो यस्तो वेश्यालय हो जहाँ रोबोटहरूले सेवा प्रदान गर्ने छन् । खुले देखि नै आफ्ना विविध विशेषताहरूका कारण चर्चामा रहेको यो वेश्यालयको संचालक कम्पनीले यस अघि नै स्पेन र इटालीमा यस्तो वेश्यालय संचालनमा ल्याइसकेको छ ।

द सनमा प्रकाशित समाचार अनुसार सेक्स डल म्युजियमका नामले संचालित स्पेन र इटालीका ती वेश्यालयभन्दा मस्कोमा खुलेको वेश्यालय धेरै कुराले भिन्न रहेको बताइएको छ । यहाँ राखिएका सेक्स दलहरूको तापक्रम नियन्त्रण गर्न सकिने र यिनको गुप्ताङ्गमा समेत तापक्रम नियन्त्रण प्रणाली रहेको बताइएको छ ।

यति मात्र नभएर यी डलहरूले ग्राहकहरूको इच्छा अनुसार ‘फोहोर कुरा’ समेत गर्न सक्छन् । अर्थात कुनै ग्राहकले यिनीहरूसँग ‘फोहोर कुरा’ गर्न चाहेको खण्डमा यिनीहरूले त्यसो समेत गर्न सकिने गरेर यिनीहरूलाई निर्माण गरिएको छ । समाचारहरूमा जनाइए  अनुसार ‘आर्टिफिसियल इन्टेलिजेन्स’बाट संचालन हुने यी डलहरू अंग्रेजी र चिनियाँ भाषामा कुरा गर्न सक्छन् ।

सम्बन्धित् समाचार  गुडिरहेको गाडीमा मेकअफ गर्दा युवतीको आँखामा छिर्यो आइब्रो पेन्सिल

त्यसका साथै यिनीहरूलाई लचकदार बनाइएकाले ग्राहकले चाहेको आसन समेत उपलब्ध गराउन तिनीहरू सक्षम रहेको जनाइएको छ । स्थानीय मिडियाका अनुसार यी डलहरूको नाम ‘एमा’ राखिएको छ र ५ फीट ४ इन्च अग्ला यिनीहरूलाई ग्राहकले छुँदा यिनले प्रतिक्रिया दिने गरेको बताइएको छ ।

तर समाचारहरूमा यस्तो सेवा लिन चाहने ग्राहकले भने निकै ठुलो रकम खर्च गर्नु पर्ने जनाइएको छ । यस्ता डलहरूसँग एक घण्टा समय बिताउन ८० डलर खर्च गर्नु पर्ने छ जुन नेपाली मुद्रामा लगभग साढे नौ हजार हुन आउँछ ।

एजेन्सी

सोमवार, कार्तिक १२, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...