शहरीकरणबारे सोचौं

ग्रामिण परिवेशबाट बाहिर निस्की रहेको विश्वले अब भने गम्भीर भएर सोच्नै पर्ने भएको छ । कार्वन उत्सर्जनले विकराल रुप लिइ रहेको समयमाा जलवायु परिवर्तनका साथै जीव चक्रमा पनि नकरात्मक असर पर्दै गएको छ । ग्रामिण परिवेशहरु एकादेशको कथा जस्तै बन्न थालेको वर्तमान अवस्थामा अव्यवस्थीत शहरीकरणले पनि निकै नै समस्या सृजना गरेकै छ । हुन त “उत्कृष्ट शहर, उत्कृष्ट जीवन“ भन्ने सोचलाई मध्यनजर गरेर अजकै दिन अर्थात हरेक बर्षको अक्टुबर ३१ को दिन विश्वभरि शहरीकरण दिवस मनाइन्छ । यो दिवस मनाउन थालिएको लामो समय भने भएको छैन । सन् २०१४ मा चीनमा “प्रमुख शहरी रूपान्तरण“ भन्ने नाराका साथ पहिलो शहरीकरण दिवस मनाइएको थियो। त्यस पछि विश्वभर नै हरेक वर्ष यो दिवस मनाउन थालियो ।
हाम्रो समाज र विश्व शहरीकरणको मार्गमा द्रुत गतिमा अगाडी बढेको भएपनि विगतमा त थियो नै र अहिले पनि गाउको छुट्टै मौलिक पहिचान हुन्छ। तर, शहर भन्ने बित्तिकै सबैको अनुमानमा “सुबिधा सम्पन्न संसार“ रहेको हुन्छ। तर जति सोचिएको छ ग्रामिण समूदायले शहरको बारेमाा त्यस्तो भने हुन सकेको छैन । शहर एउटा ठूलो मानव समुदायलाई व्यवस्थित आवास, यातायात, स्वच्छता, उपयोगिता, भूमिको उपयोग, र संचारको लागि व्यापक सुविधायुक्त जगत हो भन्ने मान्यता रही आएको छ र हो पनि त्यस्तै । तर शहरीकरण भन्नाले एक स्मार्ट र हरियो शहर बनाउने भन्ने मात्र पनि हैन, यो त सांस्कृतिक, सामाजिक, आर्थिक र राजनैतिक जगतको स्थापना गर्नुपनि हो। ठूला शहरहरुमा जे जति सुविधाहरुको अपेक्षा गरिएको हुन्छ त्यस्तो हुन नसकि रहेको अवस्थामा शहरीकरण र त्यस्ता शहरमा बढेको औद्योगिकरणको मारमा पशुपंक्षी र मानिसहरु नै परेको सबैलाई थाहा छ । तर पनि जसरी जुन तबरले व्यवस्थीत बन्न पर्ने थियो शहर त्यो हुन नसक्नु दुःखद् हो ।
हामीले सबैले अन्तर्राष्ट्रिय समुदायको हितलाई बढावा दिनको लागि विश्वव्यापी शहरीकरणको अवसरहरू भेट्न, शहरीकरणको चुनौतिहरुलाई सम्बोधन गर्न, देश र शहरहरु बीचको सहयोग बढाउन र शहरी विकासको लागि योगदान पु¥याउन विश्व शहरीकरण दिवस मनाइन्छ। यो दिवश मनाउनु मात्र सफलता होइन । दिवस मनाउनुको सार्थकता तर्फ पनि ध्यान दिन जरुरी छ । शहरीकरण दिवस मनाउँदै गर्दा हामीले भूल्नै नहुने कुरा के हो भने शहरका सडकमा रात बिताउन बाध्य समूदाय र शहरी क्षेत्रका जलाधारमा मिसिएको फोहोरले भएको प्रदुषण नियन्त्रणका लागि हामीले कहिले सोच्ने भन्ने हो ? त्यसैले आजको दिनमा हामी सबैले व्यवस्थीत शहरीकरणका बारेमा सोच्नै पर्छ ।

बुधबार, कार्तिक १४, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...