लिक भयो आमिर खानको ‘ठग्स आफ हिन्दोस्तान’

76 Views

बलिउडको बहुप्रतिक्षित फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ हिजोदेखि सिनेमाघरहरुमा लागिसकेको छ ।

आमिर खान र अमिताभ बच्चन अभिनित चलचित्र बलिउडका महंगा फिल्ममध्ये एक हो । आमिर र अमिताभका फ्यानहरुका लागि ‘ठग्स अफ हिन्दोस्तान’ पहिलेदेखि नै प्रतिक्षाको फिल्म थियो । तर, केही समिक्षकहरुले फिल्मको आलोचना गर्दै समीक्षा लेखेपछि भने निर्माताहरुले फिल्मको व्यापार खस्किने चिन्ता व्यक्त गरेका छन् ।

समिक्षकहरुको ‘शिकार’ भएको  ‘ठग्स अफ हिन्दोस्तान’ पाइरेसीको पनि शिकार बन्न पुगेको छ । यो फिल्म पुरै एचडी क्वालिटीमा अनलाइनबाट लिक भएको छ ।

ठूलो लगानी गरेर निर्माण गरिएको चलचित्रका लागि पाइरेसी पक्कै पनि ठूलो घाटाको विषय हो । एक अनलाइन साइटले फिल्म लिक गरेको बताइए पनि उक्त साइट अहिले ‘ब्लक’ भएको जनाएको छ । फिल्म निर्माता र निर्देशकले फिल्म लिक गर्ने साइटविरुद्ध कानूनी प्रक्रिया अपनाउने तयारी गरेको भारतीय सञ्चारमाध्यमहरुले समाचार लेखेका छन् ।

शुक्रबार, कार्तिक २३, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री

राष्ट्रिय

म्याग्दीमा दुई जनामा डेंगु लागेको भेटियो

हिमाली जिल्ला म्याग्दीमा पनि दुई जनामा डेंगुरोग लागेको भेटिएको छ । बुधबार बेनी अस्पतालमा स्वास्थ्य चेकजाँच गर्ने क्रममा २ जना..



sidebar ad
Loading...