म्युजिक अवार्डमा म्याग्देली ध्रुव, दिपक, क्रिष्टिना, र इन्दु

प्रत्येक वर्ष विन्ध्यवासीनी फाउण्डेसनले आयोजना गर्ने विन्ध्यबासिनी म्युजिक अवार्डको उत्कृष्ट पाँचको नोमिनेसनमा म्याग्दीका कलाकारहरुको राम्रो उपस्थिति देखिएको छ । यही मंसीरको दोश्रो हप्ता सर्वोत्कृष्ट छनौट सहित अवार्ड वितरण गरिने उक्त कार्यक्रमका लागि एसएमएस भोटीङ सहितको उत्कृष्ट पाँचको नोमिनेसन असोज २८ गते सार्वजनिक गरिएको थियो ।
विन्ध्यवासिनी म्युजिक अवार्डको ९ औं संस्करणका लागि म्याग्दी जिल्लाका कलाकारहरुको पनि राम्रै दावेदारी देखिएको छ । म्याग्दीको बेनीमा बसोबास गर्ने लोकदोहोरी गायक ध्रुव जिसी सर्वोत्कृष्ट लोकदोहोरी नवप्रतिभा तर्फ पहिलो नम्बरमा परेका छन् । जि.सी.को गित भेटहुँदा जहिलेनी ठिक्क बोलको गित उत्कृष्ट ५ भित्र परेको छ । उनलाई भोट गर्नका लागि मोबाइलको म्यासेज बक्समा गएर २९A टाइप गरेर ३३००१ मा पठाउन सकिने छ । जिसीले भारतीय सेनाबाट सेवा निबृत्त भए सँगै गित संगितको क्षेत्रमा निकै क्रियाशिल रुपमा लागेका छन् । उनका गित तथा म्युजिक भिडियो अहिले चर्चामा रहने गर्दछन् । गित संगितका साथै अभिनयमा पनि पोख्त जिसी यो विधाका लागि प्रमुख दावेदार समेत हुन् ।
त्यस्तै म्याग्दीको मंगलागाउँपालिका–१ का दिपक शर्मा पनि म्युजिक अवार्डको सर्वोत्कृष्ट चलचित्र संगितको उत्कृष्ट ५ भित्र परेका छन् । उनको गित पर्ख पर्ख मायाँलु उत्कृष्ट ५ मा परेको हो । उनलाई भोट गर्नका लागि मोबाइलको म्यासेज बक्समा गएर २२B टाइप गरेर ३३००१ मा पठाउन सकिने छ ।
यसैगरी सवोत्कृष्ट आधुनिक नवप्रतिभा तर्फ म्याग्दीकी इन्दु बानियाँ उत्कृष्ट ५ मा परेकी छिन् । उनको गित राम कसम चट्टै उत्कृष्ट पाँचको पहिलो नम्बरमा परेको हो । उनलाई भोट गर्नका लागि मोबाइलको म्यासेज बक्समा गएर २८A टाइप गरेर ३३००१ मा पठाउन सकिने छ ।
म्याग्दी जन्मीएर काठमाडौलाई कर्म क्षेत्र बनाएर मोडलीङमा लागेकी क्रिष्टीना थापा सन्चै छु भन्थ्यौ बोलको गितको म्युजिक भिडियो उत्कृष्ट भिडियोमा टप ५ भित्र परेको छ । उनलाई भोट गर्नका लागि मोबाइलको म्यासेज बक्समा गएर १८B टाइप गरेर ३३००१ मा पठाउन सकिने छ ।

बुधबार, कार्तिक २८, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...