रीमा र बेनिशाको लेजबियन सम्बन्ध [भिडियोसहित]

लेजबियन सम्बन्धको कथामा म्युजिक भिडियो निर्माण गरिएको छ ।

अञ्जु पन्तको स्वरमा ‘मैले भुुल्न’बोलको गीतको भिडियोमा लेजबियनको कथा उतारिएको हो । जहाँ नायिकाद्धय रीमा विश्वकर्मा र वेनिशा हमाललाई लेजबियन जोडीको रुपमा प्रस्तुत गरिएको छ ।

‘मन’ एल्बममा समावेश गीतको शब्द दर्पण यात्रीले लेखेका हुन भने जितेन तामाङ लामाले गीतमा संगीत भरेका छन् । गीतको भिडियोलाई प्रविण श्रेष्ठले निर्देशन गरेका हुन् ।

परिवर्तित समाजमा आफ्नो लैकिङ्ग अवस्थालाई नलुकाउँ भन्ने हेतुले यस किसिमको म्युजिक भिडियो तयार गरिएको निर्देशक श्रेष्ठले बताए । उत्तम हुँमागाईले खिचेको भिडियोलाई निर्देशक प्रविण श्रेष्ठले नै सम्पादन गरेका हुन ।

 

 

सोमवार, मंसिर ३, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...