मिस वल्र्ड प्रतियोगिताको टप फाइभमा मिस नेपाल श्रृंखला खतिवडा (फोटोफिचरसहित)

217 Views

मिस नेपाल श्रृंखला खतिवडा चीनमा हुन लागेको मिस वल्र्ड २०१८ को टप फाइभमा पर्न सफल भएकी छिन् । एउटा युट्युव च्यानलले तयार पारेको मिस वल्र्ड २०१८ का प्रबल दाबेदार सुन्दरीहरुको सूचीमा नेपालकी श्रृंखला खतिवडा चौथो नम्बरमा देखाइएको छ ।
उनले भारत,चीन,फिलिपिन्स लगायतका सुन्दरीहरुलाई समेत पछि पारेकी छिन् । मिस नेपाल श्रृंखला खतिवडा यस सिजनको सबैभन्दा प्रबल दाबेदार प्रतियोगीका रुपमा रहेको च्यानलको दाबी छ ।

 

श्रृंखलाको अनुपम सौन्दर्य,उनको सामाजिक व्यवहार र विद्धताले उनलाई बलियो प्रतिस्पर्धी बनाएको उक्त रिपोर्टमा उल्लेख छ । साथै ब्यूटी वीथ पर्पोजमा श्रृंखला खतिवडाले देखाएको पर्फर्मेन्स सबैभन्दा उत्कृष्ट रहेको च्यानलले जनाएको छ ।

श्रृंखलाले ब्यूटी वीथ पर्पोजमा मकवानपुरको विकट क्षेत्रका चेपाङ वस्तीमा आफ्नो पहलमा स्वास्थ्य केन्द्र स्थापना गरेकी थिइन् । यस्तै गो पेजेन्टले नै तयार पारेको टप फिप्टिन लिष्टमा भने श्रृंखला खतिवडा पहिलो नम्बरमा रहेकी छिन् ।

मिस वल्र्ड प्रतियोगिताको टप फाइभमा मिस नेपाल श्रृंखला खतिवडा (फोटोफिचरसहित)

मङ्लबार, मंसिर ४, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री

राष्ट्रिय

म्याग्दीमा दुई जनामा डेंगु लागेको भेटियो

हिमाली जिल्ला म्याग्दीमा पनि दुई जनामा डेंगुरोग लागेको भेटिएको छ । बुधबार बेनी अस्पतालमा स्वास्थ्य चेकजाँच गर्ने क्रममा २ जना..



sidebar ad
Loading...