कुन मौसममा के खानेकुरा खाने ?

मौसम बदलिँदै जाँदा आहारमा ध्यान दिन जरूरी हुन्छ अनि मात्र तपाईं स्वस्थ र तन्दुरुस्त रहन सक्नुहुन्छ । हरेक मौसमको आफ्नै स्वभाव हुन्छ र त्यसैअनुसार खानपिन पनि मिलाउनुपर्छ ।

हेमन्त ऋतु (मंसिर)
स्वास्थ्य बनाउनका लागि यो ऋतु सर्वोत्तम मानिएको छ । पौष्टिक र भिटामिन भरपूर भएको खाद्यपदार्थ खानुस् । दूध, खुवा, नयाँ चामल, अनार, तिल लगायतका कुरा खानुस् । चिसो कुरा पटक्कै नखानुस् ।

शिशिर ऋतु (पुसदेखि माघ)
यो मौसममा घिउ, सिधे नून, मुँगको दालको खिचडी, अदुवा र तातो कुरा खानुपर्छ । तारेको वा भुटेको, चिसो वा बासी भोजन र बेमौसमी खाना नखानुस् ।

वसन्त ऋतु (फागुनदेखि चैत)
जौ, चना, गहुँको रोटी, चामल, मसँग, रहर, मूला, परवर, करेला, काँक्रो, जीरा, अमला आदि खानुस् । अमिलो कुरा नखानुस् ।

ग्रीष्म ऋतु (वैशाखदेखि जेठ)
यो मौसममा पुरानो गहुँ, जौ, सातु, खीर, दूध, चिसो पदार्थ, काँचो आँप, करेला, परवर र खरबुजा खानुस् । तेल हालेको, मसला धेर भएको, नूनिलो र तातो कुरा नखानुस् ।

वर्षा ऋतु (असारदेखि भदौ)
यो ऋतुमा पुरानो चामल, पुरानो गहुँ, खिचडी र हलुका पदार्थ सेवन गर्नुपर्छ । बर्खामा पाचनशक्ति कमजोर हुन्छ, त्यसैले कम भोजन गरेको राम्रो हुन्छ ।

शरद ऋतु (असोज र कार्तिक)
यो ऋतुमा चाहिँ पाचनशक्ति प्रबल हुन्छ र खाना पनि मज्जाले पच्छ । तातो दूध, घिउ, सक्खर, मिश्री, खीर, अमला, कागती, नरिवल, काउली खानुस् । तागत बढाउने काजु किसमिस खानुहोला ।

एजेन्सी

बुधबार, मंसिर ५, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...