शृङ्खला खतिवडा मिस वर्ल्ड उपाधिको कति नजिक

331 Views

मिस वर्ल्ड २०१८ को अन्लाइन भोटिङमा ३० प्रतिशतभन्दा बढी मत पाएकी नेपालकी शृङ्खला खतिवडा सो अन्तर्राष्ट्रिय सौन्दर्य उपाधिको एक खुड्किलो नजिक पुगेकी हुन् कि भनेर नेपालीहरूमाझ उत्साह देखिएको छ।

नेपालको प्रतिनिधित्व गर्दै चीनमा जारी प्रतियोगीमा सहभागी भएकी मिस नेपाल २०१८ खतिवडाबारे धेरैले सामाजिक सञ्जालमा चासो व्यक्त गरेका छन्।

नेपाली प्रतियोगीले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा गरेको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शनी भन्दै उनको प्रशंसा पनि भएको छ।

प्रतियोगिताको मुख्य प्रतिस्पर्धा भने डिसेम्बर ८ मा हुनेछ।

के भन्छन् नेपालीहरू?

सामाजिक सञ्जालमा शृङ्खला सबैभन्दा क्षमतावान् प्रतियोगी भएकी र उनले उपाधि जित्ने दाबी गर्नेहरू पनि छन्।

उनी नेपालकै गौरव भएकाले उनलाई अन्लाइन भोटिङमार्फत् जिताउन अभियान गर्नेहरू पनि छन्।

बिहिबार, मंसिर ६, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...