फेसबुकले ल्यायो नयाँ भिडियो एप

172 Views

सोसल मिडिया फेसबुकले नयाँ भिडियो एप ल्याएको छ ।

युवापुस्ता माझ टिकटक चर्चित बनिरहेका बेला फेसबुकले लास्सो एप सार्वजनिक गरेको हो । जसलाई टिकटक (म्युजिकल्ली) को प्रतिस्पर्धीका रुपमा हेरिएको छ ।

प्रयोगकर्ताले टिकटकमा जस्तै फिल्टर्स तथा विशेष इफेक्टसहितका छोटो फर्म्याटका भिडियो तयार पार्न र शेयर गर्न सक्ने छन् ।

फेसबुकका अनुसार नयाँ भिडियो एप लास्सो अहिले अमेरिकी प्रयोगकर्ताका लागि मात्रै उपलब्ध रहेको छ ।

यो एपमा भिडियो इडिटिङ टुल्स रहेको छ, जसले प्रयोगकर्तालाई आफ्नो भिडियोमा टेक्स्ट तथा म्युजिक पनि थप गर्ने सुविधा उपलब्ध गराउनेछ ।

फेसबुकले कुनै औपचारिक घोषणा तथा भव्य समारोहविनै सुटुक्क यो नयाँ एप लञ्च गरेको हो ।

फेसबुक प्रवक्ताका अनुसार छोटो तथा मनोरञ्जक भिडियोका लागि लास्सो निकै उपयोगी एप हुनेछ । फेसबुकले अहिले यो एप प्रयोगकर्ताबाट उनीहरुका गुनासा तथा पृष्ठपोषण संकलन गरिरहेको उनले बताएका छन् ।

फेसबुकका अनुसार यो एप निशुल्क रुपमा एन्ड्रोइड र आइओएस दुबै प्लाटफर्ममा उपलब्ध छ । प्रयोगकर्ताले आफ्नो इस्टाग्राम वा फेसबुक अकाउन्टबाट यो एपमा लगइन गर्न सक्दछन् । अनि लास्सो एपबाट भिडियो तयार पारी आफ्नो फेसबुकमा शेयर गर्न सक्दछन् ।

शुक्रबार, मंसिर ७, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...