जापानी सुन्दरीले जितिन् मिस ट्यालेन्ट, शृंखलाले दिइन् बधाइ

129 Views

चीनमा आयोजना भइरहेको मिस वर्ल्ड प्रतियोगिता अन्तरगतको महत्वपूर्ण विधा ‘मिस ट्यालेन्ट’ को उपाधि जापानको पोल्टामा गएको छ । जापानी सुन्दरी कनाको डेटले सुन्दर ओपेरा गायन प्रस्तुत गर्दै अवार्ड जितेकी हुन् ।

यससँगै मिस वल्र्ड २०१८ को फाइनल (टप ३०) मा पुग्ने उनी दोस्रो प्रतियोगी बनेकी छन् । यसअघि फ्रान्सकी माइभा कोउकेले टप मोडेलको अवार्ड जित्दै फाइनलमा स्थान बनाएकी थिइन् ।

१८ देशका सुन्दरीहरुले मिस ट्यालेन्डको फाइनल राउन्डमा प्रतिस्पर्धा गरेका थिए । नेपालकी श्रृंखला खतिवडा फाइनलमा पुगेकी थिइनन् । कनाकोको प्रस्तुतिले जजहरुलाई मोहित बनाएको थियो । उनीहरुले उठेर ताली बजाएका थिए ।

शृंखलाले फेसबुकमा कनाकोलार्ई बधाई दिएकी छन् । उनको प्रस्तुतिमा आफ्नो आँखा रसाएको भन्दै शृंखलाले लेखेकी छन्, ‘तिमी यो अवार्डको हकदार थियौ ।’

श्रृंखला मल्टिमिडिया अवार्डको प्रमुख दावेदार हुन् । यो अवार्डका लागि भोटिङ गर्ने आज अन्तिम दिन हो । शृंखलाले अहिलेसम्म ३५ प्रतिशत भोट पाइरहेकी छन् ।

यदि मल्टिमिडिया अवार्ड जितेको खन्डमा उनको फाइनल राउन्डमा पुग्ने बाटो सहज हुनेछ । यसका साथै ‘हेड टु हेड च्यालेन्ज’ र ‘ब्यूटी विथ प्रपोज’ मा पनि शृंखलाको प्रस्तुति राम्रो छ ।

हेर्नुहोस् भिडियो

बुधबार, मंसिर १२, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री

राष्ट्रिय

म्याग्दीमा दुई जनामा डेंगु लागेको भेटियो

हिमाली जिल्ला म्याग्दीमा पनि दुई जनामा डेंगुरोग लागेको भेटिएको छ । बुधबार बेनी अस्पतालमा स्वास्थ्य चेकजाँच गर्ने क्रममा २ जना..



sidebar ad
Loading...