२० रुपैयाँमै भाडाका गर्लफ्रेन्ड

एजेन्सी । चीनमा झण्डै २० रुपैयाँ खर्चमा एक सुन्दर गर्लफ्रेण्ड भाडामा पाइन्छ ।

चीनको गुआंगडोंगस्थित एक स्टोरमा यस्तो सुविधा छ । त्यहाँ सुन्दर तथा जवान युवतीहरुको लाइन हुन्छ । त्यहाँ कुनै पनि पुरुष गएर आफूलाई मन पर्ने युवतीलाई भाडामा गर्लफ्रेण्ड बनाएर लग्न सक्दछ । त्यसका लागि प्रति २० मिनेटको झण्डै २० रुपैयाँ रकम तिर्नुपर्दछ ।

भाडाका गर्लफ्रेण्डलाई आफूसँगै लिएर नजिकैका मल तथा स्टोरहरुमा घुमाउन सकिन्छ । सपिङ गराउने इच्छा छ भने पनि गराउन पाइन्छ ।

भाडाकी गर्लफ्रेण्डसँग लञ्च डेटिंग पनि गर्न सक्नुहुन्छ । तर यी सबै काम केवल २० मिनेटमा सकाउनु पर्दछ । यदि त्यसभन्दा बढी समय लागेमा अतिरिक्त रकम भुक्तानी गर्नुपर्दछ ।

भाडाकी गर्लफ्रेण्डको अनुमतिविना छुन पनि पाइँदैन । अनुमति पाएमा छुन भने पाइन्छ । तर, त्यभन्दा बाहेक सोच्नसम्म मनाही हुन्छ ।

शनिबार, मंसिर १५, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...