छिटो टुङ्गीयोस एकता

नेपालका ठूला दुई कम्युनिष्ट पार्टीहरु बीचको एकता पछि बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को एकिकरण त भयो तर त्यसलाई तल्लो तह सम्म पु¥याउने काम अझै पनि टुङ्गोमा पुग्न भने सकेको छैन । लामो समय देखिको माग र प्रयासका बाबजुद प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको सचिवालय बैठकले स्थायी कमिटीका लागि एजेण्डाहरु तय गरेको थियो । पार्टी कार्यालय धुम्बारहीमा सुरु भएको स्थायी कमिटी बैठकले साङ्गठनिक एककीकरणलाई तत्काल नतिजामा पु¥याउने र पार्टी र सरकारको कामलाई थप व्यवस्थीत बनाउने र आगामी कार्यदीशा तय गर्ने विषयमा आवश्यक निर्णय गर्नु पर्ने छ र त्यसैमा केन्द्रीत भएर स्थायी कमिटि बैठक थालनी भएको छ । नेपालको इतिहासमै निकै शक्तिशाली सरकार र त्यसको नेतृत्व गरेको वर्तमान सरकारबाट जनताले धेरै आशा गरेका छन् र त्यसका बारेमा पनि स्थायि कमिटिबाटै निर्णय हुन भने आवश्यक छ नै ।
तत्कालिन नेकपा एमाले र एकिकृत नेकपा माओवादी बीच भएको पार्टी एकता पछि भनेको पार्टी एसीयाली मुलुकमा राज्यको नेतृत्व गर्ने तेश्रो पार्टी हो । भियतनाम, चीन र नेपालमा मात्रै कम्युनिष्ट शासन छ । वर्तमान विश्वमा कम्युनिष्ट पार्टीले राज्य सञ्चालन गरेको कम छ र गरेको मुलुकमा निकै प्रगति भएको छ । त्यसको उदाहरणको रुपमा लिन सकिन्छ चीनलाई । चीनको विकास अनि त्यस देशमा भएको नेतृत्वको सक्षमता र उसले गर्ने काम अनि देशमा युवाहरुको भूमिका अनि सहभागिताको कुनै तुलना नै छैन । प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनको समयमा नेकपाको एकीकृत घोषणापत्रमा उल्लेख भएका प्रस्तावहरुलाई तत्काल कार्यान्वयनको माग गर्नु स्वभाविक हो तर त्यसका बारेमा पनि कम्तिमा पनि यो स्थायी कमिटीको बैठकले निर्णय लिन आवश्यक छ ।
नेपालमा दिगो सरकार पाउने आसमै नेपाली जनताले धेरै समय बिताए तर पाउन सँधै मुस्कील थियो तर अहिलेको अवस्थामा त्यो पाएको छ । इतिहासमै सबै भन्दा धेरै संसदको समर्थन रहेको वर्तमान सरकार चलाउने स्थायी कमिटी हो नेकपाको स्थायी कमिटी । त्यसैको बैठक जसरी लामो प्रतिक्षा पछि सुरु भएको छ त्यसले नयाँ सिराबाट प्रगति देखाउन आवश्यक छ । जब सम्म देश र जनताको पक्षमा काम हुँदैन तब सम्म देश विकास हुने कुरै आँउदैन । त्यसैले अबको ५ वर्षमा देशले एकहिसाबले उचाइ लिनै पर्छ । त्यसका लागि वर्तमान सरकारले काम गर्नै पर्छ । यो सरकारलाई सत्ता पक्ष तथा प्रतिपक्ष सबैले आफ्नो स्थानबाट सहयोग गर्नै पर्छ । जब सबैको सहयोग हुँदैन देश विकासले गति लिने छैन ।

आइतवार, पुस १, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...