ऐश्वर्याको क्रिसमस क्यान्सरबाट पीडित बालबालिकासँग

127 Views

बलिउड अभिनेत्री ऐश्वर्या रायले यस वर्षको क्रिसमस क्यान्सरबाट पीडित बालबालिकाको साथमा मनाएकी छन् । टाटा मेमोरियल अस्पताल पुगेर ऐश्वर्याले क्रिसमसको उपलक्ष्यमा २ सय बालबालिकालाई शुभकामना व्यक्त गर्दै उपहार पनि दिइन् ।

अस्पतालमै क्रिसमस ‘सेलिब्रेशन’को आयोजना भएको थियो । जहाँ अभिनेत्री ऐश्वर्याले बालबालिकाका लागि आफूले लिएर गएको उपहार प्रदान गरिन् । यस क्रममा उनले बालबालिकाको आग्रह अनुसार नाच समेत प्रस्तुत गरिन् ।

ऐश्वर्यालाई अचानक अस्पतालमा देखेर बालबालिकाहरु दंग थिए । क्रिसमस मनाएपछि ऐश्वर्याले सामाजिक संजालमा तस्बिर समेत सार्वजनिक गरेकी छन् । ऐश्वर्याले सामाजिक संजालमा तस्बिर राख्दै बालबालिका, तिनको अभिभावक र चिकित्सकलाई समेत क्रिसमसको अवसरमा शुभकामना व्यक्त गरेकी हुन् ।

मङ्लबार, पुस १०, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री

राष्ट्रिय

म्याग्दीमा दुई जनामा डेंगु लागेको भेटियो

हिमाली जिल्ला म्याग्दीमा पनि दुई जनामा डेंगुरोग लागेको भेटिएको छ । बुधबार बेनी अस्पतालमा स्वास्थ्य चेकजाँच गर्ने क्रममा २ जना..



sidebar ad
Loading...