अखिल छैठौंको सम्मेलन तयाारी तिब्र

141 Views

बागलुङ, ३१ साउन – अखिल (छैठौं) बागलुङको २२ औं जिल्ला सम्मेलन नजिकिदै गर्दा एरिया, इकाई भेला तथा सम्मेलनहरु भइरहेका छन् । त्यसको सिलसिलामा अखिल(छैठौं) गल्कोट एरियाको प्रथम एरिया सम्मेलन गत साउन २८ गते हटिया बजारमा सम्पन्न भएको छ ।
अखिल (छैठौं) बागलुङका जिल्ला अध्यक्ष सागर कुँवरको प्रमुख आथित्यतामा सम्पन्न सम्मेलनमा राष्ट्रिय जनमोर्चा बागलुङका उपाध्यक्ष वेदीलाल सापकोटा, अखिल नेपाल शिक्षक संघ बागलुङका पुर्वजिल्ला अध्यक्ष टंकबहादुर केसी, राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला सदस्य पदम श्रेष्ठले सम्मेलन सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
शिवानी कार्काी, सुर्य वि.क. र राजेन्द्र कुँवर रहेको तीन सदस्यीय अध्यक्ष मण्डलद्धारा सञ्चालित बन्द शत्र कार्यक्रमले मनिस कंडेलको अध्यक्षतामा ११ सदस्यीय अखिल (छैठौं) गल्कोट एरिया समितिको गठन गरेको छ । नवगठित समितिको उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र सदस्यहरुमा क्रमशः नवराज घिमिरे, कृष्ण चोखाल, कृष्ण सापकोटा, सुर्य विक, सम्झना सुनार, राम खड्का, शिवानी कार्की, रुपा गौतम, चेतना सापकोटा र वर्षा विक छन् ।
बन्द शत्रमा अध्यक्ष मनिस कंडेलद्धारा प्रस्तुत सांगठनिक प्रतिवेदन छलफल पश्चात सर्वसम्मत पास भएको थियो । सम्मेलनको उद्घाटन शत्र मनिस कंडेलको अध्यक्षता, राजेन्द्र कुँवरको सञ्चालन र नवराज घिमिरेको स्वागतमा सम्पन्न भएको थियो । गल्कोट एरियाको एरिया सम्मेलन पूर्व विभिन्न विद्यालयहरुमा इकाइ भेलाहरु सम्पन्न भएका छन् ।
सरस्वती उमावि दुदिलभाटीमा राम खड्काको अध्यक्षतामा २५ सदस्यीय, हरि उमावि हिलमा उमन घिमिरेको अध्यक्षतामा १७ सदस्यीय, पृथ्वी उमावि हरिचौरमा नवराज घिमिरेको अध्यक्षतामा १५ सदस्यीय, जनजागृती उमावि कांडेवासमा कृष्ण सापकोटाको अध्यक्षतामा १५ सदस्यीय र शिव उमावि मल्ममा सुर्य विकको अध्यक्षतामा १५ सदस्यीय अखिल छैठौंका इकाइ समितिहरु गट्ठन भएका छन् ।
अखिल (छैठौं) बागलुङका जिल्ला सल्लाहाकबार तथा युनियनका पूर्वकेन्द्रिय सचिवालय सदस्य कृष्ण पौडेलको प्रमुख आथित्यतामा दक्षिण भेग एरिया सम्मेलन श्रावण २८ गते नै राङखानीको पाहिमा सम्पन्न भएको छ ।
दिपेन्द्र पौडेल, दानबहादुर थापा र विपना आचार्य रहेको तीन सदस्यीय अध्यक्ष मण्डलद्धारा सञ्चालित बन्द शत्र कार्यक्रमले कृष्णा थापाको अध्यक्षतामा चार वैकल्पीकमा एक स्थान रिक्त सहित १५ सदस्यीय अखिल (छैठौ) दक्षिण भेग एरिया समितिको गठन गरेको छ । नवगठित समितिको उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र सदस्यहरुमा क्रमशः दिपेन्द्र पौडेल, चित्रबहादुर थापा, विपना आचार्य, शर्मिला श्रीस, पुजा नेपाली, झपेन्द्र थापा, धना थापा, मनोज श्रीस, मनिका राना, गोविन्द थापा, देवीदत्त शर्मा रहेका छन् ।
सम्मेलनमा रक्तिम सांस्कृतिक अभियान बागलुङका उपाध्यक्ष दानबहादुर थापा, अखिल नेपाल शिक्षक संघका महेन्द्र शर्मा, अखिल नेपाल जनजाती सम्मेलनका दलबहादुर श्रीसले सम्मेलन सफलताको शुभकामना दिएकाथिए ।
सम्मेलनको उद्घाटन शत्र कृष्णा थापाको अध्यक्षता, चित्र थापाको सञ्चालन र शर्मिला श्रीसको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो । त्यस्तै गरि अखिल (छैठौं) बागलुङका जिल्ला कोषाध्यक्ष दिलिप वुढाथोकीको प्रमुख आथित्यतामा वलेवा एरियाको एरिया भेला नारायणस्थानमा सम्पन्न भएको छ ।
भेलाले यज्ञ विकको अध्यक्षतामा ९ सदस्यीय अखिल (छैठौं) वलेवा एरिया समितिको गठन गरेको छ । नवगठित समितिको उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र सदस्यहरुमा क्रमशः निर्मल नेपाली, रेखा शर्मा, सन्दीप पौडेल, सागर सापकोटा, भावना शर्मा, गौरव सुनार, सञ्जय पौडेल र सगुन नेपाली रहेका छन् ।
भेलामा राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला सदस्य योगेन्द्र शर्मा, राष्ट्रिय जनमोर्चा ग्राम समिति नारायणस्थानका अध्यक्ष लक्ष्मीनारायण श्रेष्ठ, अखिल(छैठौं) बागलुङका जिल्ला सदस्य सन्दीप पुन र शिक्षक विवेक केसीले भेला सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए । अखिल (छैठौं) बागलुङको २२ औं जिल्ला सम्मेलन सर्वसुलभ र जनवादी शिक्षा प्राप्तिको लागि हाम्रो आन्दोलन, संघीयताको खारेजी र राष्ट्रिय स्वाधीनताको पक्षमा २२ औं बागलुङ जिल्ला सम्मेलन भन्ने मुल नााराका साथ वरेङ बजारमा आगामि भाद्र २४ र २५ गते हुँदैछ ।

सोमवार, साउन ३१, २०७३ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...