एक वर्षको उपलब्धी

नेपालमा लामो समय देखिको प्रतिक्षा अनि आन्दोलन तथा युद्ध पछि नेपाली जनताले संविधानसभाबाट नै संविधान बनाउने सपना साकार भएको थियो २०७२ असोज ३ गते । उक्त समय नेपालको नया संविधान जारी गरिएको थियो । सोही दिन नेपाली जनताको संविधानसभाबाट संविधान निर्माण गर्ने प्रतिक्षाको घडी समाप्त भएको थियो । संविधान जारी गरेर मात्रै पनि पुगेन त्यस पछिका कानुनी अड्चन अनि नया“ ऐन कानुन निर्माणका लागि निकै समय लाग्थ्यो त्यसपछिका पनि धेरै कामहरु थिए ति सकिए सकिएनन् स्वमूल्याङ्कन गर्ने समय पनि आएको छ अहिले । संविधान निर्माण भएपछि त्यस संग बाझिएका कानुनहरु तयार गर्ने र अन्य कानुनहरु तयार पार्ने समय थियो फागुन २१ सम्मको समयमा सकियो सकिएन?
गत वर्ष सरकार बनेपछि बसेको संसदको पहिलो बैठक पछिको एक वर्षमा कानुनहरु बनाइ सक्नु पर्ने थियो । तर के कति बन्यो भन्ने कुरा त कि संसदलाई थाहा होला कि सरकार अनि प्रमाणिकरण गर्ने निकायलाई नै थाहा होला । तर अहिले आम जनताले चाहेको भनेको देशको समृद्धि अनि विकास नै हो । राज्यको समृद्धि अनि विकासको गति हेर्ने हो भने केही हद सम्म भएपनि अगाडी बढेको पक्कै हो । राजश्व संकलनमा आएको सुधारलाई हेर्ने हो भने पाच वर्षको अवधिमा यही सरकारले यस्तै गतिमा काम गर्ने हो भने देश समृद्धिको दिशामा लाग्नेमा कुनै संका गर्नु पर्दैन । किन भने अहिलेकै अवस्थामा भएको प्रगति पनि धेरै हो र यही गतिमा अगाडी बढ्दै जाने हो भने पनि पाच वर्षमा धेरै कामहरु हुनेछन् ।
कुनै पनि समूह वा राजनीति भन्दा पनि माथि भनेको राष्ट्रियता हुन्छ भन्ने कुरालाई सबैले हेक्का राख्न पर्छ । जब सम्म राज्य र राज्यको अस्तित्वलाई हामीले स्वीकार गर्दैनौं तब सम्म कुनै पनि हालतमा देशको उन्नती हुनै सक्दैन । त्यसैले बर्तमान सरकारले नगरेको खण्डमा कुनै पनि हालतमा देशका लागि विकास निर्माणको कार्यका लागि निकै लामो समय कुर्नु पर्ने हुन्छ । त्यसैले अहिले राजनीति भन्दा पनि देश विकासलाई केन्द्रमा राखेर सबै दलहरु मिलेर देश विकासका लागि खट्नुको विकल्प छैन । राज्यका ऐन कानुन निर्माणका साथै विकास निर्माणका लागि पनि सबै खट्नु नै पर्छ । राज्यले पछिल्लो एक वर्षमा के के उपलब्धि हासिल गरेको छ र अबको ४ वर्षमा के हासिल गर्ने भन्ने हेक्का राखेर अगाडी बढ्ने कि?

बिहिबार, फाल्गुन २३, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...