रणवीर कपूरसँगको विवाहका विषयमा यसो भनिन् आलियाले

आलिया भट्ट अहिले बलिउड करीयरको उचाइमा छिन् र उनी आज जन्मदिन सेलेब्रेट गरिरहेकी छन् ।

आलिया प्रायः चर्चामै रहन्छिन् र चर्चाको एक कारण रणवीर कपूर पनि हुन् । रणवीरसँग आलियाको अफरको खबर प्रायः आइरहेको हुन्छ ।

आलियाले आफ्नो विवाहका सम्बन्धमा हालै खुलेर कुरा गरेकी छन् ।

अहिले बिहेको सीजन चलिरहेकाले आलियाको पनि विवाह होस् भनी मानिसहरूले चाहना राखेको हुनसक्ने उनी स्वीकार्छिन् । तर आफ्नो मनमा यस विषयमा कुनै कुरा नचलेको उनको भनाइ छ । तत्कालका लागि विवाहको कुनै योजना नबनाएको उनी बताउँछिन् ।

आफू अहिले काममा ध्यान केन्द्रित गरिरहेको र समय बितेपछि प्राथमिकता परिवर्तन हुन सक्ने भए पनि अहिले त्यस्तो कुनै स्थिति नरहेको बताउँछिन् ।

आलियाको कलंक र ब्रह्मास्त्र फिल्म रिलिजको संघारमा छन् अनि राजामौलीको नयाँ फिल्म आरआरआरमा उनलाई राखिएको छ ।

एजेन्सी

शनिबार, चैत्र २, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...