कुस्मा नगरपालिकामा अनलाइन सेवा

स्थानीय तहहरुले नयाँ–नयाँ शुरुवात गर्ने क्रममा पर्वतको कुश्मा नगरपालिकाले पहिलोपटक वेभ पोर्टल निर्माण गरेर अनलाइन सेवा सुरु गरेको छ ।
नगरपालिकालाई सूचनामैत्री बनाउन र नगरभित्रको सम्पूर्ण विवरण इन्टरनेटको माध्यमबाट उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले अनलाइन पोर्टलको शुरुवात गरेको हो । स्थानिय तहले नेपालमै पहिलोपटक शुरु गरेको वेभ पोर्टलको राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले शुभारम्भ गरे ।
नगरपालिका भित्रका नागरिकका सबै विवरण, उत्पादनको बजारीकरण गर्न सक्ने तथा नागरिकले आफ्ना सूचना आफै राख्न सक्ने व्यवस्थासहितको वेभपोर्टल निर्माण गरिएको हो । पहिलो चरणमा नगरपालिका अन्र्तगतको वडानम्बर ७ बाट नै डाटा सङ्कलन र राख्ने काम भएको अध्यक्ष सुवासचन्द्र पौडेलले जानकारी दिए । नागरिकले घरमै बसेर आफ्ना सबै विवरण अद्यावधिक गर्न तथा नगरपालिकाका सेवाहरुबारे जानकारी लिन समेत सक्ने गरी वेभ पोर्टल बनेको बताउँदै उनले नगरपालिकालाई सूचना प्रविधिको क्षेत्रमा एउटा फड्को मार्ने काम भएको छ ।
वेभर्पोटल निर्माणपछि नगरपालिकाका घरधुरीसम्बन्धी अनलाइन जानकारी हुने, नगरपालिकाका योजना र प्रगति विवरण डिजीटल नक्सामा हेर्न सकिनेछ । यसबाहेक आफ्ना उत्पादनको बजारीकरण र खरिद–बिक्री समेत अनलाइनबाट गर्न सकिने, योजना तर्जुमा गर्दा सहज रुपमा तथ्याङ्क उपलब्ध हुने कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले बताए । उनले नगरपालिकाका सबै वडाहरुमा यसको प्रभावकारिता हेरेर विस्तार गरिने जानकारी दिए ।
अनलाईन पोर्टलको शुभारम्भ गर्दै राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले कुस्मा नगरपालिकाले वेभपोर्टल निर्माण गरेर सूचना प्रविधिको क्षेत्रमा ठूलो फड्को मारेको छ भने । संसार सूचना प्रविधिको प्रयोगबाट धेरै अघि बढेका छन्, उनले भने स्थानीय तहले पनि सूचना प्रविधिको प्रयोगबाट विकास र समृृद्धिको क्षेत्रमा फड्को मार्न सहयोग पु¥याउँछ । उनले सूचना प्रविधिको विकास र सहज पहुँचले अन्धाधुन्ध योजना छनौट र पहुँचका आधारमा हुने बजेट वितरणलाई निरुत्साहित गर्दै भ्रष्टचार नियन्त्रणमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उनले चुनावभन्दा ६ महिना अघि मात्रै राजनीतिक लँडाई लड्ने तर त्यसबाहेक विकास निर्माणका काममा सहकार्य र समझदारी गरेर अघि बढ्न राजनैतिक दललाई आग्रह पनि गरे । विकास निर्माणमा सहकार्य र प्रतिष्पर्धा गर्न सके मात्रै सोचे अनुसार उपलब्धि हासिल हुन सक्ने कुरामा उनको जोड थियो ।

मङ्लबार, चैत्र ५, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...