एक महिलाले आफ्नो १० वर्षीय छोरासँगै पुलबाट हाम फालेर आत्महत्या

एजेन्सी – कोलम्बियामा जेसी माउला परुज क्रुज नाम गरेकी एक महिलाले आफ्नो १० वर्षीय छोरासँगै पुलबाट हाम फालेर आत्महत्या गरेकी छन् ।

उनको छोराले हाम नफाल्नु ममी भन्दाभन्दै छोरासँगै ती महिलाले आत्महत्या गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको हो ।

प्रहरीका अनुसार उनी आफ्नो १० वर्षीय छोरा बोकेर आत्महत्या गर्नको लागि उनकै टोलस्थित भेरेन्टि पुलमा पुगेकी थिइन् । त्यसपछि प्रहरीले आमा र छोरा दुवैलाई बचाउनको लागि पुलमा पुगेका थिए । त्यस्तै उनको छोराले पनि आमालाई हाम नफाल्नु भनेर रुदै गुहार मागेको थिए । तर अन्ततः ती महिलाले पुलबाट हाम फालेर बच्चासँगै आत्महत्या गरेकी छन् ।

कोलम्बिया प्रहरीले आत्माहत्याको कारणबारे अनुसन्धान गरेको थियो । आत्महत्या गर्नुको पछाडि ३२ वर्षीया महिला धेरै ऋणमा थिइन् । ऋणदाताले पैसा तिर्न नसकेपछि घरबाटै निकालिदिएको र त्यसपछि आत्माहत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी अधिकारीहरुले बताएका छन् ।

बिहिबार, चैत्र २१, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...