राम कि रावण?

हामीले सँधै परापूर्व काल देखि मान्दै आएका र त्यही समय देखि गर्दै आएका कामलाई नै सही भन्दै अगाडी बढ्दै आएका छौं । तर कुनै यस्ता चीजहरुले हामीलाई कहिँ कतै राम्रो सँग झड्का दिएको हुन्छ तै पनि हामीले त्यसलाई सामान्य मान्दै अगाडी बढ्छौं । आखिर किन हामी सँधै अन्धभक्त भएर त्यही चिजलाई मानी रहेका हुन्छौं? त्यो हामीले कदापी पनि बुझ्न र मनन गर्न तर्फ लागेकै हुँदैनौं । नेपालमा प्रयोगमा रहेका विभिन्न धार्मीक ग्रन्थहरुमा पनि उल्लेखीत कतिपय चिजहरु पाच्य नभए पनि त्यसलाई मान्दै र शिरोधार्य गर्दै आइ रहेकै छौं हामीहरु । कुनै पनि धार्मीक ग्रन्थहरुको जड भनेकै सनातन हिन्दू धर्म हो । यस धर्मका केही चिजलाई स्वीकार गरेर अन्य धर्मका केही चिज थप गरीएकै भान हामीले अन्य धर्ममा पाएका हुन्छौं ।
हामीले नेपाल तथा भारतमा मान्दै आएको सनातन हिन्दू धर्ममा मानिने क्रसलाई क्रिश्चियनहरुले पनि मानेका छन् । उनीहरुले क्रसलाई मान्दै क्रिश्चियन भए भने अन्य प्रकृयाहरु आफ्नै बनाएको भन्ने जनश्रुति रहँदै आएको छ । मुस्लीमहरुले पनि शिला माने तर अन्य मानेनन् भनिन्छ । मुस्लीमहरुको मक्का मदिनामा शिला पुजिने जनश्रुती रहेको भएपनि यथार्थ भने भएको छैन । हामीले यसबाट के थाहा पाउन सकिन्छ भने कुनै पनि मानिसले मान्दै आएका चिजहरुलाई परिमार्जित गर्नु आवश्यक छ । सहिलाई आत्मसाथ गर्दै अन्य नयाँ चिजलाई पनि ग्रहण गर्दै अगाडी बढ्नु नै आधुनिकता हो । आधुनिकताको नाउँमा अन्य हर्कत गर्नु भन्दा सकारात्मक परिवर्तन तर्फ लाग्नु नै उत्तम हो ।
अब चर्चा गरौं रामनवमीको । हामीले मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन अर्थात् राम नवमी मनाउँदै गर्दा धेरै कुराहरुको पनि चर्चा परिचर्चा गर्ने गर्दछौं । असत्य माथि सत्यको जित अनि मर्यादाको उज्यालो प्रतिकका रुपमा मानिने रामको पनि साहेद खराब पक्ष पनि थिए कि ? त्यता तिर हामी कहिल्यै लागेनौं । हो रामायणको अध्ययन गर्दै गर्दा हामीले सँधै रावणलाई धेरै टाउका भएको खराब चरित्रका रुपमा मात्र चित्रण गर्ने गरेका छौं । सँधै सत्य अनि आफ्नो बिद्योताले गर्दा स्वर्ण देश अर्थात् लंकामा राज गरेका रावणलाई खराब भन्ने तर राम कति सहि र सत्य छन् भन्ने कुरा तर्फ भने हामी कहिल्यै लागेनौं । दुई जना नारि सीता र आफ्नी बहिनी सुवर्णखाको सम्मानका लागि आफ्नो राज्य र सबथोक गुमाउने रावण भगवान कि रावणको भाइ फुटाउने, बालिलाई रुखको छेलपारेर मार्ने, धोवीको कुरा सुनेर गर्भवती श्रीमतीलाई बनवास पठाउने राम भगवान निक्र्यौल गर्ने जिम्मा पाठकको ।

शुक्रबार, चैत्र २९, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...