नेपाल भित्रियो ‘बिग बोस

नेदरल्याण्ड्सको इन्डिमोल साइनद्वारा सञ्चालित ‘बिग ब्रदर’को फ्रेन्चाइज ‘बिग बोस’ नेपालमा पनि औपचारिक रुपमा आइम्याक्स प्रोडक्सनले ल्याएको छ ।

आइम्याक्सले यो कार्यक्रम नेपालको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो फ्रेन्चाइज टीभी रियालिटी शो हुने दाबी गरेको छ ।
आइम्याक्स प्रोडक्सन तथा इन्डिमोल साइनको संयुक्त सहकार्यमा टेलिभिजनको सबैभन्दा ठूलो रियालिटी शो बिग बोस नेपालमा प्रसारण हुन थालेको हो ।

आइम्याक्स प्रोडक्सनले कानुनी रुपमा बिग ब्रदर नेदरल्याण्डद्वारा फ्रेन्चाइजी अफिसियली रुपमा ल्याएको हो । सोमबार होटल सोल्टीमा औपचारिक उत्सवको आयोजना गरी नेपालमा बिग बस औपचारीक रुपमा सुरु भएको जानकारी गराइएको छ । नेपाल भित्रिएको यो रियालिटी शो नेपालकै एक नेपाली टेलिभिजन च्यानलबाट चाडै नै सुरु हुने बताइए पनि कुन च्यानलबाट प्रसारण हुने भन्नेबारे जानकारी दिइएको छैन ।

देशअनुसार फरक–फरक भाषामा सञ्चलित भएको यो कार्यक्रम नेपालमा नेपाली भाषामै प्रसारण हुनेछ । यसरी सञ्चालन हुने कार्यक्रम बिग ब्रदरकै संरचनाअनुसार हुनेछ ।

बुधबार, बैशाख ४, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...