आठौ राष्ट्रिय खेलकुद: एथ्लेटिक्समा आर्मीलाई एकै दिन ५ स्वर्ण

दाङको बेलझुण्डी रंगशालामा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शुक्रबार एथ्लेटिक्समा नयाँ राष्ट्रिय कीर्तिमान कायम भएको सेतोपाटीले समाचार छापेको छ ।

ज्याभ्लिन थ्रोमा नेपाल पुलिसकी चन्द्रकाल लामगादेले कीर्तिमान कायम गरेकी छिन्। यसअघि बिहीबार उनले सटपुटमा आफ्नै कीर्तिमान सुधार गरेकी थिइन्।

शुक्रबार उनले ४४ दशमलब ०५ मिटरको नयाँ कीर्तिमान बनाउन सफल भइन् । यसअघि उनको ४३ दशमलब ९४ मिटरको कीर्तिमान थियो ।

त्यस्तै त्रिभुवन आर्मीकी लक्ष्मी थारुले ४१ दशमलब २६ मिटरका साथ रजत पदक जित्दा आर्मीकै सिमाकुमारी थारुले ३८ दशमलब ३० मिटरका साथ कास्य पदक जितिन् ।

पुरूष तफको ज्याभ्लिन थ्रोमा आर्मीका रोहित चौधरीले ५६ दशमलब ५८ मिटरका साथ स्वर्ण पदक जिते। एपिएफका मनोज डगौराले ५३ दशमलब ३८ मिटर थ्रो गर्दै रजत पदक जित्दा पुलिसका विरेन्द्र चौधरीले ५२  दशमलब ५३ मिटरका साथ कास्य पदक जित्न सफल भए।

बेलझुण्डी रंगशालामा नै शुक्रबार भएको लङजम्प पुरुषमा आर्मीका डिल्ली खत्रीले स्वर्ण पदक जिते। उनले ६ दशमल ९६ मिटर छलाङ मारे। प्रदेश ३ का भुवन महतो ६ दशमलब ० मिटरको दुरी पारगर्दै रजत पदक हात पारे ।

६ दशलम ३६ मिटर छलाङ मारेका नेपाल पुलिसका गोपाल चौधरीले कास्य पदक जिते ।

लङजम्पको महिला तर्फको स्पर्धामा आर्मीका कृष्णा चौधरीले स्वर्ण पदक जितिन् । कृष्णाले ५ दशमलब २१ मिटर छलाङ मारिन् ।

एपिएफकी शिला चौधरीले ५ दशमलब १४ मिटरका साथ रजत पदक जित्दा, प्रदेश नम्बर ५ की जयरानी चौधरीले  ५ दशमल ११ मिटरका साथ कास्य पदक जित्न सफल  भइन् ।

त्यस्तै १५ सय मिटर दौडमा  आर्मीका टंक कार्कीले स्वर्ण पदक जिते । उनले ४ मिनेट ०१ दशमलब ९ सेकेण्डमा दुरी पार गरेका थिए ।

आर्मी कै उमेश मस्र्याङ्दी मगरले ४ मिनेट ०३  दशमलब १ सेकेण्डमा उक्त दुरी पारगर्दै रजत पदक जित्दा एपिएफका सन्तोष विष्टले कास्य पदक जिते । विष्टले ४ मिनेट ०८ दशमलब २ सेकेण्डमा त्यो दुरी पार गर्न सकेका थिए ।

त्यसैगरी महिला १५ सय मिटर दौडमा आर्मीकी सरस्वती भट्टराईले स्वर्ण पदक जितेकी छिन् । ४ मिनेट ३६ दशमललब ० सेकेण्डमा उनले उक्त दुरी पार गरेकी हुन ।

३ नं. प्रदेशकी सन्तोषी श्रेष्ठले ४ मिनेट ३६ दशमलब ७ सेकेण्डमा उक्त दुरी पारगर्दै रजत पदक जित्दा  एपिएफकी फुलमती रानाले ४ मिनेट ४८ दशमलब ५ सेकेण्डमा त्यो दुरी पार गर्दै  कास्य पदक हात पार्न सफल भइन्।

व्याटमिन्टनमा एपिएफका दुवै जोडी फाइनलमा

आठौं राष्ट्रिय खेलकुद अन्तरगतको ४० औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा एपिएफका दुबै जोडी फाईनल प्रवेश गरेका छन् । एपिएफका पुजा श्रेष्ठ र दिपेश धामीको जोडी तथा जेशिका र गौतम सिंह कठायतको जोडी फाईनल प्रवेश गर्न सफल भएको हो ।

श्रेष्ठ र धामीको जोडीले सेनाका अमिता गिरी र नविन श्रेष्ठको जोडीलाई १६–२१, २१–९ र २१–११ ले तथा गुरुङ्ख र कठायतको जोडीले सेनाकै अनुमाया राई र रत्नजित तामाङ्खको जोडीमाथि १० –२१, २१ –१९, २१ – १७ को सेटमा पछाडि पार्दै उपाधि भिडन्तलाई आफ्नै क्लब बीचमा पार्न सफल भएका हुन्।

त्यसैगरी पुरूष एकल तर्फ पुरानै प्रतिद्वन्दिका बीच उपाधिका लागि भिडन्त हुने भएको छ । सेनाका रत्नजित तामाङ्ले टिम प्रतिस्पर्धाको पुरुष एकलमा भएको लज्जास्पद हारको बदला लिंदै सुदूरपश्चिमाञ्चलका प्रिन्स दाहाललाई २१ –११, २१ – ९ को सहज जित निकाले।

यसले उनलाई आफ्नो उपाधि जोगाउने क्रममा चिरपरिचित प्रतिद्वन्द्वी एपिएफका दिपेश धामीसँग प्रतिस्पर्धा गर्न मार्ग प्रसस्त गरेको हो।

टिम प्रतिस्पर्धाको पुरुष एकलमा प्रिन्सले रत्नलाई माथ दिएका थिए । दिपेशले प्रदेश १ का पूर्व नम्बर १ खेलाडी विकास श्रेष्ठलाई २१ – ११, २१ । १५ ले पाखा लगाए।

दाङको घोराहीस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिला एकलको फाईनलमा सेनाका दुवै खेलाडी नङ्खशलदेवी तामाङ र रशिला महर्जनले प्रतिस्पर्धा गर्ने भएका छन्।

पहिलो सेमिफाईनलमा नङ्खशलले प्रदेश १ की सिता राईलाई २१ –१७, २१ – ९ ले र रशिलाले आफ्नै क्लबकी अनुमाया राईलाई २१ – १७, २१ – १८ ले हराउँदै उपाधी नजिक पुगेका हुन् ।

पुरूष जोडी तर्फ एपिएफका दिपेश धामी र विजित थापामगरको जोडीले एपिएफका सुरोज महर्जन र प्रफुल महर्जनको जोडीलाई २१ – १३, २१ – १२ ले पराजित गर्दै सेनाका रत्नजित तामाङ र नविन श्रेष्ठको जोडीसँग भिडन्त पक्का गरे। तामाङ र श्रेष्ठको जोडीले सेनाकै पविन लिनथेप र रुकेश महर्जनको जोडीलाई २१ – ११, २१ – १९ ले पराजित गरे।

त्यसैगरी महिला युगल तर्फ पनि सेना र एपिएफकै भिडन्त हुने भएको छ। सेनाका नङ्खशल देवी तामाङ र अनुमायाको जोडीले प्रदेश १ का सिता राई र सिमा राजबंशीको जोडी माथि २१ – १२, २१ – १८ को जित निकाल्दै फाईनलमा एपिएफका पूजा श्रेष्ठ र जेशिका गुरुङ संगको भेट पक्का गरेका हुन् । पुजा र जेशिकाको जोडीले सेनाका अमिता गिरी र रशिला महर्जनको जोडीलाई २१ – १६, २१ – १८ ले पन्छाए ।

प्रतियोगिताको फाईनल शनिबार विहान ८ बजे पुरुष एकलको प्रतिस्पर्धा बाट सुरु हुने प्रतियोगिता रेफ्रि किरण गोपाल कारञ्जितले जानकारी दिएका छन् ।

क्रिकेटमा एपिएफ सेमिफाइनलमा

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत दाङको लमही क्रिकेट मैदानमा जारी महिला क्रिकेट प्रतियोगितामा एपिएफले दोस्रो जित दर्ता गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । प्रदेश नम्बर ३ लाई ९ विकेटले हराउँदै एपिएफ सेमिफाइनलमा प्रवेश गरेको हो ।

टस जितेर पहिले व्याटिङ गरेको प्रदेश ३ ले १५.२ ओभर खेल्दै ३४ रनमा अलआउट भयो । प्रदेश ३ का कुनैपनि ब्याटसम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

व्लिङ तर्फ एपिएफकी रितुकुमारी कनोजियाले ४ ओभर १ मेडन फाल्दै ७ रन खर्चिएर ४ विकेट लिइन्। करुणा भण्डारी र सरिता मगरले २–२ विकेट लिएका थिए।

३५ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रिएको एपिएफले ५.२ ओभर खेल्दै १ विकेको क्षतिमा ३६ रन बनाउदै सजिलै लक्ष्य भेट्टाउन सक्यो ।

एपिएफका कप्तान सरिता मगरले १७ रन नट आउट बनाउदा इन्दु बर्माले १४ रन नट आउट बनाइन्।

बलिङ्ग तर्फ प्रदेश ३ की गिता कुमारी साहिले १ विकेट लिइन । उमन अफ दी म्याच एपिएफकी रितुकुमारी कनोडिया घोषित भइन्।

फुटबलमा प्रदेश तीनको दोस्रो जित

आठौं राष्ट्रिय खेलकूद अन्र्तगत महिला फुटबलमा प्रदेश ३ ले दोस्रो जीत दर्ता गरेको छ । शुक्रबार वेलझुण्डी रंगशालामा भएको खेलमा उस्ले प्रदेश २ लाई ३–१ गोल अन्तरले पराजित गरेको हो । प्रदेश ३ लाई जित दिलाउन  पार्वती घलेले २ तथा मनिषा थापा मगरले १ गोल गरेकी थिइन् । प्रदेश २ की निकिता ठोकरले सान्त्वना गोल गरिन्।

यसअघि शुक्रबार विहान भएको पहिलो खेलमा नेपाल पुलिस क्लव विजयी भएको थियो ।  भरतपुर मैदानमा भएको खेलमा प्रदेश ५ लाई ६–० गोलले पुलिसले  पराजित गरेको थियो । पुलिसकी निरु थापाले ह्याट्रिक गरेकी थिइन्।

उनले पहिलो हाफको नवौं तथा दोस्रो हाफको ५८ औं ८३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरिन् ।

अमृता जैशीले ७३ औं र ७४ औं मिनेटमा लगातार दुई गोल गरिन् । पुलिसकी निर्मला बिकले २४ औं मिनेटमा एक गोल  गरेकी थिइन्।

शनिबार, बैशाख ७, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...