छन्दलाई जोगाउँ

108 Views

नेपाली साहित्यको विभिन्न विधाहरु मध्ये छन्द प्रमुख मध्येको एक हो । छन्दलाई पद्यलेखन अथवा बृत्त भनिन्छ । छन्द भन्नाले लय हालेर बाचन गर्ने भन्ने पनि तर्क गर्नेहरु धेरै छन् । सामान्य भाषामा बुझ्दा छन्द भन्नाले लय मिलाएर कृति लेख्ने तथा बाचन गर्ने एउटा शैलि हो छन्द । वर्ण तथा मात्रालाई मिलाएर तयार गरीने छन्दलाई बेदको अर्को रुप पनि भन्ने गरिन्छ । कवि माधव वियोगीले छन्दलाई बचाउनका लागि अभियान थालेको दिन अर्थात बैशाख ८ गतेलाई नेपालमा छन्द दिवस मनाउन थालिएको हो । २०५३ बैशाख ८ गते छन्द बचाउ अभियान थालिएको थियो । सोही अभियानलाई निरन्तरता दिने हिसाबले आजको दिन देशै भर छन्द बचाउ अभियान दिवसका रुपमा मनाउने गरिन्छ ।
छन्द कवि माधव वियोगीले थालेको छन्द बचाउ अभियानलाई नेपाल सरकार पञ्चाङ्ग निर्णायक समितिले छन्द दिवसका रुपमा मनाउन सहमति दिएको थियो । छन्द दिवसको अवसरमा देशका अधिकांश साहित्यिक डबलीहरुमा छन्दमा लेखिएका कविताहरु बाचन गर्दै साहित्यिक कार्यक्रम आयोजना गर्ने गरिन्छ । साहित्यमा काव्य संस्कृतिको रक्षा र छन्द शैलीको उजागर गर्न यो दिवस मनाइन्छ । जब कुनै पनि विषयवस्तुलाई लिपिमा उतारिन्छ तब त्यसका लागि मात्रा, वर्ण, संख्या, विराम जस्ता नियमहरु मिलाइन्छ अनि शाब्दीक तथा भाषिक रुपमा पनि मिलाएर कुनै रचना तयार गरीन्छ अनि त्यो छन्द बन्छ । छन्दलाई पद्य लेखन अथवा वृत्त भनिन्छ । छन्द भनेको लय हो । सामान्य भाषामा छन्द लय मिलाएर कृति लेख्ने वा बाचन गर्ने तरिकाका साथै छन्द वेदको अर्को नाम पनि हो ।
हामीले आजको दिनमा दिवस मनाउँदै गर्दा बेदको कुरा यहाँ किन उल्लेख भए भन्ने सान्दर्भीकताको पनि चर्चा हुन जरुरी छ । किन भने छन्दलाई ऋग्वेदमा उल्लेख गरिएको छ । गद्य लेखनको नियमन व्याकरणबाट हुन्छ भने पद्यको नियामक छन्द शास्त्र हो । नेपाली साहित्यमा आदिकवि भानुभक्त आचार्यको रामायण पनि छन्दमा लेखिएको छ । रामायणमा ‘शार्दुलविकृडित’ र ‘शिखरिणी’ छन्दको प्रयोग धेरै छ । यी छन्दहरु संस्कृतका छन्दहरु हुन् । छन्दलाई मात्रा र वर्ण, स्वतन्त्र वा मिश्रित, यति, वैदिक र लौकिक र पिङ्गल आदिका आधारमा विभाजन गरिएको छ । छन्दको सवैभन्दा प्रचलित प्रयोग पिङ्गल नै हो । जस अनुसार अनुष्टुप, विद्युन्माला, इन्द्रवज्रा, उपेन्द्रवज्रा, उपजाति, वंशस्थ, स्रग्विणी, स्वागता, भुजङ्गप्रयात, तोटक, द्रुतविलम्बित, वसन्ततिलका, मालिनी, पञ्चचामर, मन्दाक्रान्ता, चित्रवतीहरिणी, चित्रलेखा, शिखरिणी, शार्दूलविक्रीडित, स्रग्धरा, आर्या, शालिनी, ललिता, पृथ्वी र मञ्जुभाषिणी छन्द हुन् । यिनीहरुलाई नै छन्दको प्रकारका रुपमा मानिएको छ । नेपाली भाषा र साहित्यको चर्चा परिचर्चा गर्ने क्रममा यसभित्र हुने नियम अनि मिलावटलाई कदापी भुल्न हुँदैन । मिलावट भन्दा अरु चिज मिसाउने भन्दा पनि मिलाएर तयार गर्ने अथवा नियम अनुसार बनाउने भन्ने हो । हामीले आजको एक दिन मात्रै भएपनि छन्दलाई जोगाउनका लागि पहल गर्नै पर्छ ।

आइतवार, बैशाख ८, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री

राष्ट्रिय

म्याग्दीमा दुई जनामा डेंगु लागेको भेटियो

हिमाली जिल्ला म्याग्दीमा पनि दुई जनामा डेंगुरोग लागेको भेटिएको छ । बुधबार बेनी अस्पतालमा स्वास्थ्य चेकजाँच गर्ने क्रममा २ जना..



sidebar ad
Loading...