२०७६ साल वैशाख ०९ गते सोमबारको राशिफल

179 Views

वि.सं.२०७६ साल वैशाख ०९ गते । सोमबार । ईश्वी सन् २०१९ अप्रिल २२ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि तृतीया,२० घडी ३७ पला,दिउसो ०१ बजेर ५० मिनेट उप्रान्त चतुर्थी । नक्षत्र अनुराधा,३४ घडी १० पला,बेलुकी ०७ बजेर १५ मिनेट उप्रान्त ज्येष्ठा । योग व्यातिपात,०० घडि ३७ पला,बिहान ०५ बजेर ५० मिनेट उप्रान्त वरियान । करण भद्रा,दिउसो ०१ बजेर ५० मिनेट उप्रान्त बव,रातको ०१ बजेर ५२ मिनेट उप्रान्त वालव । आनन्दादिमा मानस योग । चन्द्रराशि बृश्चिक । साँखु यात्रा –सको यात। स्वामी शशिधर जन्म–जयन्ती। स्वार्थसिद्धि योग दिउसो १ बजेर ५० मिनेटदेखि बेलुकी ०७ बजेर ५० मिनेट देखि सम्म। काठमाडौंमा सूर्योदय ०५ बजेर ३५ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३२ मिनेट । दिनमान ३२ घडी २१ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ): – व्यास्तता बढेपनि स्वास्थ्यको ख्याल नगर्दा कमजोरि महसुस हुनेछ । खानपान तथा बाहिरी बाताबरणको ध्यान दिनुहोला । व्यापार व्यावसायमा लगानी गर्नुपुर्व आवश्यक तयारि राम्रो सँग गर्नुहोला । पढाई लेखाईमा मन नजादा भनेजस्तो नतिजा नआउँन सक्छ । प्रेममा रमाउँन चाहनेहरुका लागि आजको दिन मध्ययम रहेकोछ । गोप्यता भंग हुने तथा आफन्त सँग बिवाद बढ्नेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :-आफन्त तथा प्रियजनसँगको भेटघाटले दिन रमाईलो सँग बित्नेछ । माया प्रेममा नजिक हुन सकिनेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने व्यापारमा लगानी गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । बिद्यामा स्कर्लसिप प्राप्त हुनेछ भने सहपाठिहरुलाई पछि पार्दै नतिजा हात पार्न सकिनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :- प्रतिष्पर्धा भावमा गोचर गर्ने मध्ययम चन्द्रमाले बिद्या तथा प्रतिष्पर्धामा नतिजा आफ्नो पक्षमा पार्न बढिनै मेहनेत गर्नु पर्नेछ । आफन्त तथा मामा पक्षसँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुन सक्छ । माया प्रेममा शंका गर्नाले सम्बन्धमा चिसोपनको सुरुवात हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो):-  शुभचिन्तक तथा आफन्तको साथ सहयोगले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । बौद्धिकताको प्रयोग मार्फत चेतनाको स्तर उकास्न सकिनेछ । माया प्रेमको गाठो सकिनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापारमा लगानी गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पति प्राप्त हुनेछ । राज्यको नजिक भएर कामगर्नेहरुले पद पाउँने योग रहेकोछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- राजनिती तथा सामाजिक काममा समय दिएपनि न्यून उपलब्धिमा चित्त बुझाउँनु पर्नेछ । व्यापार व्यावसायमा भनेजस्तो नाँफा नभएपनि कृषि तथा पशुपालन व्यावसायबाट भने मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाई लेखाईमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । आमा तथा परिवारका सदस्यहरुसँग मनमुटाब सिर्जना हुनेछ । माया प्रेममा धोका हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :-न्यायलयसँग सम्बन्धित कामहरु धाति राख्नुहोला । खेलकुद तथा पराक्रमि क्रिर्याकलापमा भागलिने अवसर आएपनि भनेजस्तो नतिजा निकाल्न मुस्किल पर्नेछ । बन्धुबान्धबहरु सँग मनमुटाब सिर्जना हुनेछ भने सैद्धान्तिक राय बाजिनेछ । समय मध्ययम रहेकोले चोटपटक लाग्ने तथा स्वास्थ्यमा समस्या देखापर्नेछ । पढ्ने लेख्ने काममा मन नजानाले अरुभन्दा पछि परिनछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते):- धन भावमा गोचर गर्ने शुभ चन्द्रमाले व्यापार व्यावासय फस्टाएर जाने हुनाले दैनिक आम्दानीमा बढोत्तरि हुनेछ । आफ्ना भनाईहरु जनमानसमा लैजान सकिने तथा बोलेरै धन आर्जन गर्न सकिनेछ । आफन्त तथा कुटुम्बका साथ रमाईलो यात्रा गर्दै मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेममा रमाउने चाहनेहरुका लागि समय फलदायी रहनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) समय मध्ययम रहेकोले व्यापार व्यावसायमा तत्काल लगानी नबढाउँनुनै उत्तम हुनेछ । राजनिती तथा समावसेवामा जनताको समर्थन भन्दा आलोचना सहनु पर्नेछ । घर परिवार तथा आफन्त सँग सैद्धान्तिक राज बाजिनेछ । टेक्निकल सामानको प्रयोग गर्दा ध्यान दिनुहोला । शिर सम्बन्धि समस्या देखा पर्ने तथा कन्फिडेन्ट पावरमा कमि हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- लगानी गर्दा ध्यान दिनुहोला प्रतिफल पाउँन निकै समय खट्नु पर्नेछ । व्यापारमा लगानी गर्नको लागि केहि समय पर्खनुनै राम्रो रहेकोछ भने बिदेशी लगानीबाट सञ्चालित सस्थाबाट भने मनग्गे मुनाँफा कमाउँन सकिनेछ । बिदेश यात्राको गतिलो योग रहेकोछ भने बिदेशमा बसेर पेशा व्यावसाय गर्नेहरुका लागि समय फलदायी रहनेछ । पढाई लेखाईमा अलि बढि मेहनेतको खाचो पर्ने देखिन्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- प्राकृतिक स्रोत साधन तथा पैत्रिक सम्पतिको प्रयोग मार्फन मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने दैनिक मुनाँफामा बृद्धि भएर जानेछ । पढाई लेखाईमा उत्कृष्ट अंक ल्याउँदै अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउँनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । भौतिक सम्पति हात लागी हुने योग रहेकोछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- आफन्त तथा बुवा सरहका मानिस सँग मनमुटाब सिर्जना हुनेछ । व्यापार व्यावसायबाट न्यून आम्दानी हुनेछ । राजनिती तथा समाजसेवामा जनताको काम गर्न नसकिने हुदा ईज्जत प्रतिष्ठामा कमिको महशुस हुनेछ । सरकारि काममा सेवा प्रवाह गर्नेहररुको ढिलासुस्तिले समयमा काम बन्ने छैन । अध्ययन तथा अध्यापनमा समय बढिनै लगानी गर्नपर्ने देखिन्छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- खोज तथा अनुशन्धानको शिलशिलामा लामो दुरिको यात्रा हुने योग रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । भाग्यले साथ दिने हुनाले सानो लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । आफन्त तथा दाजुभाईको सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय फलदायी रहनेछ ।

सोमवार, बैशाख ९, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...