बैशाख १२ को मध्य दिन

आज बैशाख १२ गते अर्थात आज भन्दा ठीक ४ वर्ष अगाडी मध्ये दिन अर्थात् १२ बजे आशपास आएको विनाशकारी भूकम्पले हजारौं मानिसको ज्यान लियो । कयौं नागरिकहरु घाइते भए । भौतिक पूर्वाधारहरुको त के कुरा भयो र अर्बौंको नोक्सानी भयो । व्यक्तिका घर तथा सामुदायिक तथा सरकारी भवनहरुको पनि त्यही हालत भएको थियो । काठमाडौंको सान अर्थात् धरहरा पनि गल्र्याम्म ढलेको थियो । दर्जनौं मानिसले त्यही धरहरामा पुरीएर ज्यान गुमाए घाइते भए । आज भूकम्पको ४ वर्ष विति सक्दा पनि अझै सम्म पनि त्यसको मलमपट्टि लगाउन सकिएको छैन । अझै भत्केका भौतिक संरचनाहरु पुनःनिर्माण हुन सकेको छैन ।
भूपी शेरचनको कवितामा भनेजस्तै मान्छेले बनाएका भगवान र भगवानले बनाएका मान्छे दुवै कापेर धर्तीमा एकै ठाँउमा पुगेको दिन हो आज । जति भूल्न प्रयास गर्दा पनि देशले गुमाएको त्यत्तिका धेरै नागरिक अनि भौतिक पूर्वाधारको क्षतीलाई कदापी भूल्न सकिदैन । भूकम्पको पिडामा परेको समयमा तत्कालिन मन्त्रीहरुबाटै भएको जस्तापाता तथा राहत सामग्री माथिको गिद्धे नजरलाई पनि हामीले भुल्न सकिरहेका छैनौं । हजारौंको ज्यान लिने गरि आएको त्यस महाभुकम्प अनि पराकम्पमा प्रकृतीसंग मानव संरचनाहरुले घुँडा टेकेका थिए अनि मानवको समबन्ध र आँक घरका तल्ला हैन मनको सन्तोकले गरेको थियो । आज ४ वर्ष पनि वितिसक्यो तर पून उस्तै संरचना अनि निर्माणको कार्यमा देखिएको सुस्तगतिले गर्दा दिग्दार नमानि बस्न सक्ने अवस्था पक्कै पनि छैन ।
भूकम्पले ढलेको धरहरा अझै सम्म पनि ठडीन सकेको छैन भने काठमाडौं दरवार स्क्वायर अनि धेरै संचनाहरु अहिले सम्म पनि बन्ने नामो निसान देखिएको छैन । लाखौं नागरिकले भूकम्पको राहत पहिलो किस्ता वापतको रकम लगेर दोश्रो किस्ता लैजानका लागि सम्पर्कमै आएका छैनन् । बैशाख १२ गतेको त्यो भूकम्पले एकपलमै धुलोपिठो भएको भौतिक संरचनाहरुलाई पुनःनिर्माण गर्ने र त्यसलाई पहिलाकै अवस्थामा ल्याउनका लागि आजको दिनमा सबैले पहल र प्रण गरी अगाडी बढ्नै पर्छ । हामीले प्रकृतीसंग सामना गर्न नसकेतापनि आउने जोखिम न्यूनिकरणका लागि सबैजना सचेत हुन भने पक्कै पनि सकिन्छ । त्यसका लागि हामीले नै भूकम्पप्रतिरोधी संरचना निर्माणमा लाग्नु पर्छ । साथै हामीले अब यसअघि ९० सालको भुकम्पका कथाहरु अब ७२ सालका कथाहरुले प्रतिस्थापीत गरेको छ । हामीले थाहा पाउन पर्ने कुरा के हो भने जमिनमुनीका प्लेटहरुको चलायमानताका कारणले आँउदा पुस्ताले पनि भुकम्पको जोखिम सहन गर्नै पर्ने छ । भुकम्पलाई टार्न नसकेपनि यसको जोखिम न्यूनिकरणका लागि सबैजना लागि परौं भूकम्पमा ज्यान गुमाउने ति सबै प्रति सद्धासुमन अर्पण गर्दै आगामी दिनमा त्यसरी ज्यान गुमाउन नपरोस ।

बिहिबार, बैशाख १२, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...