अन्तराष्ट्रिय श्रमिक दिवसकै दिन ओमनमा एक महिला कामदारको मृत्यु


पुर्ण पहाडी

ओमन / आज अन्तराष्ट्रिय श्रमिक दिवसकै दिन ओमनको सलालाह स्थित विगत ३ वर्ष देखि व्युटी पार्लरमा काम गर्दै आएकि सुर्खेत खजुरा निवासी सुनिता सुनारले आत्महत्या गरेको छिन । प्रवासी नेपाली एकता मञ्चका सदस्य गणेश परियारको अनुसार नेपाल छुट्टीमा जाने अन्तिम तयारी गरि रहेकै अवस्थामा अचानक यो घटना घटेको बताए । आत्महत्या भनिए पनि घटना संकासपद भन्ने कुरा पारिवारिक श्रोतले जनाएको छ । यस विषयमा नेपाली राजदुतावासले यथार्थ बुझ्ने सक्दो प्रयास गर्ने दुतावासबाट जानकारी प्राप्त भएको छ ।
अहिले वैदेशिक रोजगारको क्रममा नेपालीहरु द्वारा आत्महत्या गर्ने क्रम दिन दिनै बढेको छ । आर्थिक समस्या तथा घरायसी मनमुटावको कारणले पनि यस्ता घटना बढी हुने गरेको ओमन स्थित कार्यरत नेपालीहरुले बताउछन् ।

बुधबार, बैशाख १८, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...