राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइयो

105 Views

म्याग्दीको सदरमुकाम बेनीमा बिहीबार राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा प्रभातफेरी गरिएको छ । कम्प्युटर एशोसियसन अफ नेपाल जिल्ला शाखा म्याग्दीले प्रभातफेरी कार्यक्रमको आयोजना गरेर सूचना प्रविधि दिवस मनाएको हो ।
‘डिजिटल नेपाल ः विकास र समृद्धिको आधार’ भन्ने मूल नाराका साथ बेनीको विरेन्द्रचोकबाट सुरु भएको प्रभातफेरी बजारका विभिन्न भाग हुँदै पुनः सोही स्थानमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभाका प्रमुख अथिति जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले सूचना प्रविधिको विकासले मानिसको जीवन शैलीमा ठूलो परिवर्तन ल्याएको बताए ।
उनले विकास र समृद्धि हासिल गर्न आधुनिक प्रविधिलाई आत्मसाथ गर्नुपर्ने विचार व्यक्त गरेका थिए । आधुनिक प्रविधिलाई आत्साथ नगरेसम्म कुनै पनि काम गर्न नसकिने भन्दै प्रमुख केसीले सूचना प्रविधिको विकास र यसको पहुँच वृद्धि हुनुपर्नेमा जोड दिएका छन् । जिसस प्रमुख केसीले विद्यालय तहदेखि नै प्रविधिको विकासमा जोड दिनुपर्ने बताए ।
क्यान म्याग्दीका अध्यक्ष बामदेव रिजालको अध्यक्षता र लालबहादुर थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवद्र्धनका लागि नेपाल सरकारले गत वर्षदेखि हरेक वर्ष मे २ तारिखलाई राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको रुपमा मनाउँदै आइरहेको छ ।

शनिबार, बैशाख २१, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...