बाबियाचौरमा नेकपाको पूर्ण बैठक

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मंगला गाउँपालिका–२ न. वडा सङ्गठन कमिटिका पदाधिकारी तथा सदस्यहरुले शनिबार शपथ लिएका छन् । बाबियाचौरमा भएको वडा कमिटिको पूर्ण बैठकमा नेकपाको पालिका कमिटीका अध्यक्ष प्रेमप्रसाद रेग्मीले शपथग्रहण गराएका हुन् ।
वडा कमिटी अध्यक्ष कुलबहादुर पुनको अध्यक्षता, वडा सचिव चक्रलाल पाण्डे (राजु)को सञ्चालन र तुल्सी अधिकारीको स्वागतमा सम्पन्न कार्यक्रममा अध्यक्ष रेग्मी, गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, पालिका कमिटीका सचिव याम रोका, बाबियाचौरका वडा अध्यक्ष धनबहादुर खाती लगायतले मन्तव्य राखेका थिए ।
नेकपा मंगला गाउँपालिका कमिटिले आइतबार वडा न. ३ र ४ को बराङ्जामा, जेठ १० गते वडा न. १ कुहुँमा र जेठ ११ गते अर्मनमा वडा कमिटीको शपथग्रहण तथा पूर्ण बैठक गर्ने निर्णय गरेको नेकपाले जनाएको छ ।

आइतवार, जेष्ठ ५, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...